Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २१ गते सोमबार

लालपुर्जा समस्या समाधान हुन्छ :टेकेन्द्र भट्ट

नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य तथा निर्वाचन ३ क का प्रदेश सभा सदस्य पदका उम्मेदवार टेकेन्द्र प्रसाद भट्टले हल्दुखालको घाडिघाच क्षेत्रमा रहेकोे  लालपुर्जा समस्या समाधान गरिने बताउनु भएको छ ।

यस् क्षेत्रमा खानेपानी र सिचाइ समस्या रहेकोमा गठबंधन बिजय हुने बितिक्कै सबै सम्स्या हल गरिने बताउनु भएको छ । संविधानको रक्षा संगै एस क्षेत्रको समग्र बिकासका लागि गठबन्धन बनेकाले गठबन्धनलाई अत्यधिक मतले जिताउन आग्रह गर्नु भयेको छ ।

भिमदत्त नगरपालिका ७ मा गठबंधन को चुनाबी कोणसभा लाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भयेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य यज्ञराज जोशिले अहिलेको ब्यबस्था जोगाउन र विकसित नेपालका लागि गठबन्धन बनेको भन्दै गठबंधन का सक्षम उम्मेदवारलाई जिताउन आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया