Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २३ गते बुधबार

कंचनपुर ३ प्रदेशसभा १(क)मा एक्लाे उमेदवार हु : आग्रि

कञ्चनपुर निर्वाचन क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार दिवान आग्रीले आफु मात्रै स्वतन्त्र उम्मेदवार भएको दावि गरेका छन । मंगलबार आफ्नो निर्वाचन क्षेत्रको सचिवालयमा पत्रकार सम्मेलन गर्दै आग्रीले आफु मात्रै स्वतन्त्र उम्मेदवार भएको दावि गरेका हुन ।

जाँतो(जाँतरो) चुनाव चिन्ह पाएका आग्रीले आफु मात्रै स्वतन्त्र उम्मेदवार भएको र अन्य स्वतन्त्र हुँ भन्नेलाई पार्टीबाट टिकट नपाएर असन्तुष्ट हुँदै उम्मेदवार बनेको आरोप लगाए ।

‘यो निर्वाचन क्षेत्रबाट म मात्रै एक्लो उम्मेदवार हुँ, ‘उनले भने, ‘अरु पार्टीका छन, स्वतन्त्र भन्ने बागी छन ।’ अरुले आचार संहिता उलङघन गरेपनि निर्वाचन आयोगले चुपचाप बसेको बताउदै उनले आफु स्वतन्त्र उम्मेदवारले आचार संहिता अनुरुप चुनाव प्रचार प्रसार गर्दा निर्वाचन आयोगले अप्ठेरोमा पारेको बताए ।

आफु नेपाल प्रवेस गेट निर्माणको अभियन्ता भएको तर, अहिलेका दल र नेता दुरदृष्ट्रि नभएको दावि गरेका छन । एक घर एक रोजगारीको एजेण्डा अघि सारेका आग्रीलेकुनैपनि सेवा सुविधा नलिने घोषणा गरेका छन ।

घरदैलो कार्यक्रम जारी रहेको बताउदै उनले अहिले जनता स्वतन्त्रकै पक्षमा रहेको दावि गरेका छन । पटक पटकका निर्वाचनमा उम्मेदवार बनेको बताउँदै आएका आग्रीले आफुले सदैव जनताकै पक्षमा काम गर्ने प्रण गरेका छन ।

प्रतिक्रिया