Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २३ गते बुधबार

सिमा रक्षकलाइ सम्मानित बनाईन्छ : सुरेन्द्र बिष्ट

 कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(ख) का उम्मेदवार सुरेन्द्र विष्टले सिमा क्षेत्रवासि नागरिकलाई सम्मानित र सुरक्षीत बनाईने बताएका छन् । 

बुधबार चुनावी सभालाई सम्बोधन गर्न दोधराचाँदनीको कञ्जभोज पुगेको एमाले उम्मेदवार विष्टले यस्तो घोषणा गरेका हुन् । उनले सिमा देखिएका समस्या समाधान गरि नगरवासिलाई सुरक्षीत तथा सम्मानित बनाईने बताए । 

‘दोधराचाँदनीका नगरवासि सिमा रक्षक हुन्, यहाँ भारतीय पक्षबाट हामिलाई बेला–बेलामा दुख दिने काम हुने गरेको छ ।’ उनले भने ‘अब सिमाका समस्यालाई कुटनीतिक माध्यमबाट समाधानसँगै विकासका पुर्वाधार निर्माण गरि आम नगरवासिलाई सम्मानित र सुरक्षीत बनाउन चाहान्छौँ ।’

एमाले सधैँ राष्ट्र र जनताको पक्षमा काम गर्ने पार्टी भएको बताउँदै सिमाका समस्याका लागि आफुले सिघ्र पहल गर्ने उनको भनाई छ । 

त्यस्तै दोधराचाँदनीको महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध र पुल निर्माणसँगै सडक पुर्वाधार निर्माण तथा विद्युतीकरणमा जोड दिईने उनले बताए । खैरभट्टी– कुतियाकभर विकास मोडललाई अघि बढाएको एमालेले उम्मेदवार विष्टले दोधराचाँदनीमा ५० शैयाको अस्पताल निर्माण गर्ने, प्राविधिक शिक्षालय सञ्चालन गर्ने लगायतका योजना अघि बढाएका छन् । कञ्चनपुर ३ मा एमालेले नेतृ निरुदेवी पाललाई उम्मेदवार बनाएको छ भने ३(क) मा राप्रपाका उम्मेदवार धर्मराज जोशीलाई समर्थन गरेको छ । उनले २५ वर्षे रणनीतिक योजनाका खाकासहित आफु जनतामाझ आएको बताउँदै आएका छन् । 

आफु सबै सामुदाय, क्षेत्र र पार्टीको साझा उम्मेदवारको रुपमा अगाडी आएको दावि गदैँ उनले मंसिर ४ मा सुर्य मतदान गर्न मतदातामा अपील समेत गरेको छन् ।

प्रतिक्रिया