Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २३ गते बुधबार

नदि नियन्त्रण, सडक र आरक्ष पिडितकाे लागि दाेस्राे पटक भाेट कसैले नमाग्ने गरि काम गर्छाै: बिना मगर

पुर्वमन्त्री बिना मगरले कञ्चनपुरका आरक्षपीडितको समस्या यसै पटक समाधान गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । बुधबार लालझाडी गाँउपालिका ६ चाँन्देवमा आयोजित चुनावी कोण सभा सम्बोधन गर्दै दाेदा कटान,आरक्षपीडित र लालझाडिका सडकको समस्या यसै पटक समाधान गर्ने प्रतिबद्धता जाहेर गरेकि छन  ।

 बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ की प्रतिनिधी सभा सदस्यकी उम्मेदवा मगरले अब अर्को पटकको निर्वाचनमा आफुहरु सहित कुनैपनि दलको चुनावी एजेण्डा नबन्न दिनेगरी तटबन्ध, सडक निर्माण र पीडितको पुर्नस्थापना गर्ने घोषणा गरेकी छिन ।

 ‘अघिल्लो पटक बाम गठबन्धन नेतृत्वमा हुँदा राजनीतिक उतार चढावका कारण पीडितको समस्या समाधानका लागि गृहकार्य अघि बढाएपनि दुई दुई पटक संसद विघटनले संविधान जोगाउनमै समय बित्यो, ‘पुर्वमन्त्री मगरले भनिन, ‘अब चुनाव जिते लगत्तै बाम लोकतान्त्रिक गठबन्धनले पीडितको समस्या यथाशिघ्र प्राथमिकतामा साथ अघि बढाउँछ ।’ 

पुर्वमन्त्री मगरले आरक्षपीडितको पुर्नस्थापनाका साथै दोदा नदी नियन्त्रण गर्दै लालझाडी, पुनर्वास, बेलौरीको कृषियोग्य भूमि सरक्षण गर्ने र सडक निर्माण गर्ने बताईन । ‘अहिले पनि दोदा नदी नियन्त्रणको काम अघि बढेको छ, ‘पुर्वमन्त्री मगरले भनिन, ‘अझै थप प्रभावकारी ढङगबाट कामकाज अघि बढाउँछौँ ।’

कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १(क)का उम्मेदवार बन्धु रानाले चुनाव जितेर जनताकै हितका काम गर्ने प्रण गरेका छन । ‘हामी बाम लोकतान्त्रिक गठबन्धनले चुनाव जितेर गएपछि यस क्षेत्रका सबै साझा समस्या सम्बोधन गछौँ, ‘रानाले भने, ‘विकास तिनै सरकार मिलेर गछौँ ।’

कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरका नेता एव लालझाडी गाँउपालिका निर्वतमान प्रमुख मदनसेन बडायतकले आफ्नो नेतृत्वको स्थानीय सरकारले लालझाडीको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका योजना अघि बढाएको बताउदै पालिकामा बाम लोकतान्त्रिक गठबन्धनको सरकार नभएपनि प्रदेश र संघबाट थुप्रै कामकाज अघि बढाउने बताए ।

प्रतिक्रिया