Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २४ गते बिहिबार

कंचनपुरका एमाले संस्थापक सचिव जाेशी भाेटभाग्न क्षेत्र २ का मतदाताका पुगे ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रचारप्रसार कार्य तीव्र पारिएको छ । कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले टोल भेला र घरदैलोलाई तीव्रता दिएका छन् ।

धामीलाई निर्वाचित गराउन आग्रह गर्दै नेकपा एमाले कञ्चनपुरका संस्थापक नेता तथा प्रथम जिल्ला अधिवेशनका सचिव भोजराज जोशी प्रचारप्रसारका लागि शुक्लाफाँटा नगरपालिकासम्म पुगेका छन् ।

 
कंचनपुर क्षेत्र ३निवासी जोशीले शुक्लाफाँटा नगरपालिकाको झलारी, सिमलफाँटा, जुडा, पिताम्बर र पारीफाँटा क्षेत्रमा पुगेर एमाले उम्मेदवार धामीका लागि भोट मागेका छन् । तत्कालिन याे क्षेत्र बाट जाेशीले प्रतिनिधिसभामा प्रतिनिधित्व गरिसकेका छन ।

पार्टी विस्तारका क्रममा आफूले झलारी क्षेत्रमा समेत काम गरेको स्मरण गराउँदै नेता जोशीले एमाले उम्मेदवारलाई विजयी गराएर समृद्धिको अभियानलाई सार्थक पार्न आग्रह गरेका छन् । उमेरले ६७ वर्ष पुगेका जोशी विभिन्न क्षेत्रमा पुगेर वृद्धवृद्धालाई भेटी भोट मागिरहेका छन् । जोशी हाल केन्द्रीय सल्लाहकार परिषद्का सदस्य छन् ।

प्रतिक्रिया