Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २६ गते शनिबार

चुनावि सभा सम्बाेधन गर्न एमाले अध्यक्ष ओलि आज डाेटि र कैलाली आउने ।

चुनवि प्रचार उद्धाटन गर्न साता अघि सुदूर पश्चिम आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरी चुनावी सभा सम्बोधन गर्न आज सुदूरपश्चिम आउँदै छन् ।

अध्यक्ष ओली दुई जिल्लाका तीन चुनावी सभालाई सम्बोधन गर्न आज सुदूरपश्चिम आउन लागेको एमालेले जनाएको छ ।

एमालेका अनुसार आज डोटीको दिपायल, गोदावरीको अत्तरिया र लम्की चुहाको लम्कीमा आयोजना हुने कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने छन् । बिहान ११ बजे दिपायलको कार्यक्रम सम्बोधन सकेर २ बजे गोदावरीको अत्तरियामा र ४ बजे लम्की चुहाँको लम्कीमा आयोजित कार्यक्रममा ओली सहभागी हुने जनाइएको छ । यी तीनै सभालाई अध्यक्ष ओली सहित एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सम्बोधन गर्ने छन् ।

यस अघि १८ गते ओलीले दार्चुला,बैतडी र कञ्चनपुरका चुनावी सभा सम्बोधन गरेका थिए ।भारतले कब्जा गरेको लिपुलेक,लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गरेका ओलीले निर्वाचन प्रचार प्रसारमा पनि  सुदूरपश्चिमबाटै राष्ट्रियताको विषयलाई बुलन्द गरिरहेका छन् ।

प्रतिक्रिया