Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक २६ गते शनिबार

बिना मगरलाई पुर्नवासका निवर्तमान मेयर थापाकाे आशीर्वाद ।

पुनर्वास नगरपालिका निर्वतमान मेयर जिवन राज थापाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिना मगरलाई आर्शिवाद दिएका छन । 

नेकपा एकीकृत समाजवादी पाटी कञ्चनपुरका अध्यक्ष समेत रहेका थापाले शनिबार बिहानै आफ्नो वडा पुनर्वास नगरपालिका ५मा स्वागत, सम्मान एव आर्शिवाद दिएका हुन । 

नेकपा एकीकृत समाजवादी समेत सत्ता गठबन्धन भित्रकै दल हो । समाजवादी पनि क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने अभियानमा जुटेको छ । निर्वतमान मेयर थापाको वडामा बाम गठबन्धनको चुनाव प्रचारप्रसार कार्यक्रम भएकाले उक्त वडामा पुगेका क्षेत्र १ प्रतिनिधी सभा सदस्य उम्मेदवार पुर्वमन्त्री बिना मगरलाई टिका फुलमाला लगाएर आर्शिवाद दिदै बधाई तथा शुभकामना दिएका छन ।

प्रतिक्रिया