Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक २६ गते शनिबार

कंचनपुरमा निर्वाचन बहिस्कार गरेका दलका ६ जना पक्राउ ।

आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको बिरोधमा प्रचार प्रसार गरिरहेका नेकपा बैद्य–बहुमतका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । 
शनिबार कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ७ बाबाथानमा चुनाव प्रचारप्रसार गरिरहेका नेकपा बहुमत–बैद्य समुहका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । नेकपा बहुमत कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले शान्तिपुर्ण चुनाव बिरोधको प्रचार प्रचारका क्रममा प्रहरीले पक्राउ गरेको बताए । उनका अनुसार नेकपा बहुमत युवा संगठन सदस्य सुरज मल्ल, नेकपा बैद्यका केन्द्रीय सदस्य हरि सुवेदी, देशभक्त जनगणतान्त्रिक मोर्चा प्रदेश अध्यक्ष विष्णू नेपाली, जय बहादुर रोकाया  सहितका ६ जना नेता कार्यक्रम पक्राउ गरिएका छन ।
 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्र बहादुर शाहले चुनाव बिरोधी गतिबिधी गरिरहेका नेकपा बैद्य–बहुमतका नेता कार्यकर्ता पक्राउ गरिएको बताए । पक्राउ गरिएका नेता कार्यकर्ताहरुलाई नेकपा बहुमत बैद्य कञ्चनपुरले निसर्त रिहाईको माग अघि सारेको छ । नेकपा क्रान्तिकारी माओवादी सुप प्रदेशका सचिव चिन्तकद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा पक्राउ गरेका सबैलाई रिहाई गर्नुपर्ने बताए ।

प्रतिक्रिया