Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक २६ गते शनिबार

कंचनपुर १ मा एमालेले दियाे प्रचारप्रसार घरदैलाेमा तिब्रता।

मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा पनि चुनावी माहोल बढदै गएको छ । नेकपा एमाले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा तारालामा तामाङ्ग र प्रदेश सभा १ को १ मा बिर बहादुर थापा तथा प्रदेश सभा १ को २ मा पल्लवराज भट्टको उम्मेदवारी रहेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवारहरुलाई विजयी गराउनका लागि घरदैलो अभियानलाई तिव्रता दिईएको छ । प्रदेश सभा सदस्य र मन्त्रि हुदा यस क्षेत्रको विकासका निम्ती ठुलठुला योजनाहरु पार्न सफल भएको र आफु यसै क्षेत्रको नागरिक भएका कारण आफलाई पनि विकासको आवश्यकता पर्ने भएकोले प्रतिनिधि सभाको चुनाव जिते निरन्तर विकास निर्माणका काममा कटिवद्ध भएर लाग्ने प्रतिनिधि सभा सदस्यमा तारालामा तामाङ्गले बताउनुभयो । यस्तै बिगतमा यसै क्षेत्रका लागि निकै संघर्ष गर्दे आएको र आफुलाई जनताले निर्वाचित गराए यस क्षेत्रका बिभिन्न समस्याहरुलाई मुख्यरुपमा उठान गरेर समस्या समाधानका लागी विशेष पहल कदमिका साथ लागिपर्ने प्रदेश सभा सदस्य पदका उम्मेदवार बिर बहादुर थापाले बताउनुभयो । 


एमालेका मुलभुत एजेण्डाहरुलाई आमनागरिक सामु राख्दै र एमालेले सुरु गरेका समृद्धिको सपना साकार पार्न र सिमाविबाद देखि विकास होस अथवा सडक देखि भन्सार जुन आम नागरिकको चासोको विषय भएकाले नेकपा एमालेको सरकारले मात्रै पूरा गर्न सक्ने भएकोले एमालेलाई जनताले मत दिनुपर्ने प्रदेश सभा सदस्य पदका उम्मेदवार पल्लवराज भट्टले बताउनुभयो । एमालेले प्रचारप्रसारको लागि जिम्मेवारी दिएका कमिटिहरुलाई टोलटोलमा सकृय पादै घरदैलो कार्यक्रमलाई तिव्रता दिईएको नेकपा एमाले बेलडाँडी इन्चार्ज तथा चुनाव प्रचार प्रसार समितिका संयोजक अक्कल बहादुर बिष्टले जानकारी दिनुभयो । पार्टीको निर्देशन अनुसार उम्मेदवार,नेता तथा कार्यक्रताहरु सुर्यमा भोट मागि रहेको र मतदाताहरुको घर आगनमा पुग्दा उत्साहित हुने गरेको बिष्टले बताउनभयो । एमालेको डरले गठवन्धन होइन तटवन्धन गरेका दल भन्दा एमालेले देशमा सामाजिक सुरक्षा भत्ताको शुरुवात गरेको भन्दै बुढापाकाहरुले एमाले बाहेक अन्यलाई भोट नदिन सकिने बताउदै आएको बिष्टले बताउनुभएको छ । एमालेले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का चार वटा स्थानिय तहका सबै वडामा घरदैलो अभियानलाई तिब्रता दिएको बताईएइको छ । 

प्रतिक्रिया