Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक २८ गते सोमबार

सुख्खडमा गठबन्धनको प्रचारमा रहेकाे गाडि ताेडफाेड ।

कैलालीमा सत्ता गठबन्धनका उम्मेदवारको गाडीमा तोडफोड भएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘ख’ का सत्ता गठबन्धनका उमेदवार अमरबहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको हो।

घोडाघोडी नगरपालिका–५ मा घरदैलो कार्यक्रममा प्रयोग गरिएको से १ च १५९० नम्बरको गाडीको पछाडिको भागको सिसा फुटाइएको छ। गाडी तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ।

प्रतिक्रिया