Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक ३० गते बुधबार

रैथाने विश्वविद्यालयकाे एजेण्डा सहित कंचनपुर २ काे १ बाट प्रदेशसभा चुनावि प्रतिस्पर्धामा  जनजाति महिला उमेदवार

स्थानिय सीपमा आधारित (रैथाने) विश्वविद्यालय स्थापनाको चुनावी मुद्दालाई अघि सार्दै कञ्चनपुरको निर्वाचन क्षेत्र नं २(१) मा प्रदेश सभा सदस्य पदको एक्लो युवा महिला उम्मेदवारका रुपमा गीता चौधरी चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिएकी छन ।

नागरिक उन्मुक्ति पार्टीबाट ढकिया चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिनु भएकी चौधरी थारु समुदायको एक्लो उम्मेदवारका रुपमा रहेकी छन ।

पेशाले कानुन व्यवसायी (अघिवक्ता) रहेकी उनी रैथाने विश्व विद्यालय स्थापनाका लागि विगत एक वर्ष देखि संघर्ष गर्दै आएकी हुन । ‘दलित, थारु लगायतका अन्य समुदायमा पुस्तौं देखि पुस्तान्तरण हुदै आएको सीपलाई जगेर्ना गर्नका लागि विश्वविद्यालय स्थापना हुनु आवश्यक छ’ उनले भनिन् ‘परम्परागत सीपलाई आधुनिकिकरण गरी व्यवसायीक बनाईनु पर्छ, यसका लागि युवाहरुलाई जागरुक बनाउन जरुरी छ ।’

विश्वमा विकासमा फड्को मारेका देशहरुको इतिहासलाई अध्ययन गर्दा परम्परागत सीपलाई अगाडी बढाउदा समृद्ध भएको पाईएको उनले बताईन । ‘परम्परागत सीपको यहाँ कमी छैन, मात्रै जोगाउने र आधुनिक बनाई व्यवसायमा परिणत गर्नुको खाँचो छ, परम्परागत सीपको प्रयोग गरी निर्माण हुने सामग्रीले विश्व बजारमा निकै महत्व पाउन सक्छन, यसलाई अगाडी बढाउनेको मात्रै आवश्यकता छ’ उनले भनिन् ।

विश्वविद्यालयमा सीपकलामा आधारिक विषयबस्तुलाई प्रवेश गराई कसरी अध्ययन अध्यापन गराउन सकिन्छ भन्नेमा ध्येय रहेको उनी बताउ छिन । सीपकलामै आदीवासी जनजाती थारु समुदायको संस्कृति र पहिचान लुकेको छ । यसलाई बचाउनका लागि निकै संघर्ष गर्दै आएको उनको भनाई रहेको छ । ‘युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय परिषद सदस्य हुदानै विभिन्न राजनीतिक दलहरु संग यसबारे निकै छलफल, बहस गरयौं’ उनले भनिन् ‘राजनीतिक दलहरुले यसलाई महत्व दिनु भएन, मन्त्रालयका योजनाहरुमा यस कुरालाई जोडतोडका साथ प्रवेश गराउने प्रयत्न गरियो तर सफल हुन दिईएन, देशको स्वाभिमान र पहिचान संग जोडिएको कुरालाई कतैबाट महत्व नपाईए पछि आफै राजनीतिको निर्णायक तहमा पुगेर कार्य अगाडी बढाउने सोचका साथ चुनावी मैदानमा उत्रिएकी हु ।’ मतदाताले आफुले उठाएको चुनावी मुद्दालाई निकै चासोका साथ हेरेको उनको भनाई छ । चौधरीले रैथाने विश्वविद्यालय संगै पहिचनाको मुद्दालाई अघि सारेकी छिन ।

पहिचानको मुद्दालाई गलत रुपमा अथ्र्याइ मतदाताका विच प्रतिस्पर्धीहरुले अतिरञ्जित तरिकाले प्रचार गरेर भोटबैंकलाई मजबुत पार्न खोजि रहेको उनी बताउ छिन । ‘मतदाताले यस कुरालाई राम्ररी बुझेका छन’ उनले भनिन् ‘पहिचानलाई जातका रुपमा मात्रै हेरिनु हुदैन,युवा, महिला, दलित, जनजाती सबैको साझा मुद्दानै पहिचान हो, यसै कुरालाई मतदाताका विच बहसका रुपमा अघि सारेका छौं । ’सु-शासन, सीमान्तकृत बर्गको उत्थान, दीगो विकास, जलवायु परिवर्तन र लैङ्गीक समानताका विषयबस्तुहरुलाई चौधरीले अरु चुनावी मुद्दा झै संग संगै लगेकी छन । ‘समतामुलक समाज र राज्य व्यवस्थाको कुरा हाम्रो संविधानलेनै व्यवस्था गरेको छ उनले भनिन् ’यस कुरालाई कुर्सिको लडाईमा लागेका राजनीतिक दलका नेताहरुले बिर्षिए, राजनीतिको मान्यता बिर्षिए, राजनीतिक क्षेत्र प्राज्ञिक क्षेत्र पनि हो, यसको कुनै सुत्र त हुनु परयो, यस विरुद्धनै मेरो लडाई हो ।’

‘समानताको हक पाउन नसकेका सिमान्तकृत बर्गको आवाज ल्याएर चुनावी मैदानमा उत्रिएको छु, सबैको साथ पाएको छु,निर्वाचनलाई आन्दोलनका रुपमा लिएर अगाडी बढेको छु, राजनीतिक प्रबृत्ति सुधारका लागि मेरो लडाई हो’ उनले भनिन् । जनताका आधारभूत समस्याका रुपमा रहेका शुद्ध पिउने पानी, स्वास्थ्य, शिक्षा, रोजगारका कुरालाई उनले चुनावी छलफल, सभा र प्रचार प्रसारका क्रममा उठाउदै आएकी छन । चौधरी कञ्चनपुरका प्रदेश सभा सदस्य पदको महिलामा र थारु समुदायको एक्लो उम्मेदवारका रुपमा रहेकी छन ।

प्रदेश सभाको निर्वाचन क्षेत्र नं २(१) मा मतदाताको सङख्या ५४ हजार ६८८ रहेको छ । जस मध्ये थारु मतदाताको सङख्या १७ हजार रहेको छ । कुल मतदाताको ४० प्रतिशत महिला मतदाता रहेका छन । चौधरी महिला, थारु, जनजाती, युवा र बुद्धिजीविको मत मात्रै पाएपनि निर्वाचनमा विजयी हुनेमा ढुक्क छिन उनी । ‘चुनावी मुद्दानै चुनाव जित्ने मुख्य आधार रहेको छ’ उनले भनिन् ‘यसलाई अधिकांस मतदाताले मन पराएका छन, समर्थन गरेका छन, पुरा गर्ने संकल्प लिएकाले पनि विजयी हुनेमा आशावादी छु ।’

चौधरी संगै उहाँका प्रतिस्पर्धीका रुपमा लोकतान्त्रीक बाम गठबन्धनका तर्फबाट नेकपा(माओवादी केन्द्र)का ओमक्रिम भाट, नेकपा(एमाले)का बच्चन बहादुर सिंह मुख्य प्रतिस्पर्धीका रुपमा रहनु भएको छ । स्वतन्त्र उम्मेदवार टेक बहादुर हमाल समेत बलियो प्रतिस्पर्धीका रुपमा रहेका छन । थारु समुदायको मतलाई निर्णायक मतका रुपमा हेरिएको छ । उम्मेदवारहरु थारु मतलाई आफु तर्फ तान्नका लागि अन्तिम कसरतमा लागेका छन ।

प्रतिक्रिया