Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ मङि्सर ०६ गते मङ्गलबार

बाजुरामा हत्यामा संङ्लग्नलाई कार्वाहि नभए सम्म निर्वाचनका कुनै कार्यक्रम अगाडि नबढ्ने ।

नेकपा एमाले बाजुराले आफ्ना कार्यकर्ता अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही अघि नबढाउँदासम्म निर्वाचनका कुनै पनि प्रकृया अघि बढाउन नदिने बताएको छ ।

बुथ कब्जा गरेर फर्जी मत खसालिएका मतदान केन्द्रको निर्वाचन स्थगित गरी पुन: मतदान गर्नुपर्ने एमालेको अडान छ । एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १६ वटा मतदान केन्द्रमा पुन: मतदानको माग गरेको हो ।

पत्रकार सम्मेलनमा एमालेबाट उम्मेदवार समेत रहेको स्थायी कमिटी सचिव कर्णबहादुर  थापाले कांग्रेसका कार्यकताले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको क्रुरतापूर्वक हत्या गरिएको बताए । 

मृतक चेतनका अभिभावकले उनको हत्यामा संलग्न रहेको भन्दै २२ जनामाथि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरिएको छ । एमाललेले अर्का मृतक सञ्जीव अयडीलाई प्रहरीको गोली लागेर मृत्यु प्रकरणमा उच्च स्तरीय छानवीन समिति गठन गर्न माग गरेको छ । 

यस्तै एमालेले सञ्जीव अयडीलाई गोली लागेर मृत्युको घटनामा उच्चस्तरीय छानबिन समितिको गठन माग गर्दै १६ मतदान केन्द्रमा पुन: मतदानको मिति तोकिनुपर्ने जनाएको छ ।

आइतबार मतदानको दिन प्रहरीको गोली लागेर घटनास्थलमै त्रिवेणीका एक युवाको मृत्यु भएको बाजुरामा आइतबार राति नै सोही नगरपालिका ७ का एमाले समर्थित अनेरास्ववियुुका केन्द्रिय सदस्य चेतन अयडीको कुटपिटबाट मृत्युु भएपछि जिल्लाको सुरक्षा व्यवस्थापमा चुनौती थपिएको छ ।

प्रतिक्रिया