Samriddhipost
२०८१ जेठ ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ मङि्सर २१ गते बुधबार

बाराहि हाईड्राेपावरकाे आईपिओ आवेदन आजदेखि खुला ।

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको कुल ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । 

निष्कासन गरिएको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ । २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ५ लाख १५ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

उक्त अवधिमा मागअनुसार आवेदन नपरे पुस ६ गतेसम्म आवेदन दिन समय थप गरिने बताइएको छ । 

प्रतिक्रिया