Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष ०१ गते शुक्रबार

सुडा दुर्घटना पछि सिसैयामा भयाे राजमार्ग बन्द ।

बेदकाेट नगरपालिका ६ सिसैया चाैधर पुल नजिक पुर्वपश्चिम राजमार्ग बन्द गरेका छन ।

बेदकाेट नगरपालिका ७ सुडामा शुक्रवार बिहान भएकाे दुर्घटनामा सिसैयाका कबिराज बैजकाे मृत्यु पछि आफन्त र स्थानियले उचित क्षतिपुर्ति र चालकलाई कार्वाहिकाे माग राखि राजमार्ग बन्द गरेकाे पिडितका आफन्तले बताएका छन ।

मृतक बैज कन्चन कलेज महेन्द्रनगरमा ब्याचुलर पहिलाे बर्षमा अध्ययनरत थिए । बिहान कलेज जाने क्रममा बससंग दुर्घटनामा परि घटनास्लमै मृत्यु भएकाे थियाे । राजमार्ग बन्द भएपछि बिद्यालयका बसहरु आउजाउ गर्न नसकेपछि कतिपय स्कुल समेत बन्द भएका छन ।

प्रतिक्रिया