Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०७९ पुष १९ गते मङ्गलबार

हुस्सु र कुहिराेका कारण जनजिवन प्रभावित हुन सक्ने ।

देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका थोरै भू–भागमा हुस्सु लागेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा, हिमपात र हुस्सुका कारण चिसो बढ्नेक्रममा रहेको विभागले जनाएको छ ।  हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन र सडक यातायात तथा हवाई सेवामा प्रभाव पर्ने सम्भावना रहेको विभागले जनाएको छ । 


#माैसम

प्रतिक्रिया