Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ पुष २२ गते शुक्रबार

दोधारा चाँदनी नगरपालिकाले सुरु गर्याे ‘न्यायो कार्यक्रम’ ।

दाेधारा चाँदनी नगरपालिकाले जेष्ठ नागरिक सम्मान स्वरुप न्यानाे कपडा बितरण गर्न सुरु गरेकाे छ । आर्थिक वर्ष २०७९/०८० को स्वीकृत बजेट जेष्ठ नागरिक सम्मान निती तथा कार्यत्रम अनुसार दोधारा चाँदनी नगरपालिकाका जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडा बितरण गरिएको छ् ।

नगर क्षेत्रमा रहेका २० जना जेष्ठ नागरिकलाई दोधारा चाँदनी नगरपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान गर्दै कम्वल बितरण गरिएको हो । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले एक जेष्ठ नागरिकहरुलाई कम्वल बितरण गरि कार्यक्रमको थालनी गरेका हुन् ।

दोधारा चाँदनी नगरपालिकाका प्रत्येक वडाबाट २/२ जना जेष्ठ नागरिकलाई कम्वल बितरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

दोधारा चाँदनी नगर प्रमुख लिम्बुले ज्येष्ठ नागरिक सम्मान तथा न्यायो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जेष्ठ नागरिक संग भएको ज्ञान सिप देशको सम्पत्ति र गहना भएको बताएका छन् । जिवीत इतिहासका रुपमा रहेका उनीहरुलाई चिसोमा न्यानो कपडा लगाई जोगिन र स्थानिय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले न्यायो कपडा वितरण कार्यक्रम गरिएको बताएका छन् ।

नगर प्रमुख लिम्बुले आगामी दिनहरुमा जेष्ठ नागरिकहरुलाई थप बिभिन्न खाले निती तथा कार्यक्रम निमार्ण गरि उनिहरुलाई सेवा तथा सुबिधा दिन स्थानिय सरकार तयार रहेको बताए । अत्यधिक चिसो बढे संगै नागरिकको जिवनयापनमा समेत केही कठिनाइ सुरु भएको छ् ।

बालक देखि बृद्धअवस्थाका नागरिक सबै चिसोको चपेटामा छन् । अझ चिसोले उमेर ढल्कदै गरेका नागरिकलाई न्यानोको आवश्यकता बढि हुने गर्दछ् । यहि समयमा चिसोबाट जोगिन न्यानो कपडा आवश्यक पर्ने भएपछी जेष्ठ नागरिकहरुलाई दोधारा चाँदनी नगरपालिका कार्यालयले न्यानो कपडा बितरण गरेको नगर प्रमुखले बताएका छन ।

न्यानो कपडा पाए संगै जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका छन् । जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडा बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मर लेखक लगाएत जनप्रतिनिधी, जेष्ठ नागरिकको उपस्थिती रहेको थियो ।


#न्यानाे कपडा

प्रतिक्रिया