Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष २४ गते आइतबार

कृष्णपुर नगरपालीका ३ वडा कार्यालयले गर्याे २०१ नागरिकहरुलाई सम्मान ।

कृष्णपुर नगरपालिका वडा-३ले दुई सय एक जनालाई सम्मान गरेकाे छ । वडा कार्यालयले चिसाे बढेकाे समयमा विभिन्न लक्षित वर्गका नागरिकलाई ब्यालेङ्केट बितरण गरेकाे हाे ।

वडा कार्यालय एक सुचना गरि वडा भित्र बसाेवास गर्न जेष्ठ नागरिक,विधुवा र अपाङ्ग नागरिकलाई सम्मान गरेकाे जनाएकाे छ । बडा अध्यक्ष खेम चाैधरीले चिसाेका समयमा यस्ता नागरिकलाई कठिन भएकाे भएर केही भएपनि न्यानाे हाेस भन्ने चाहनाले सम्मान कार्यक्रम गरेकाे बताए ।

सम्मान कार्यक्रम कृष्णपर नगरपालिका उप प्रमुख द्रोपती रानाकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा १०२ जना जेष्ट नागरिक, ७३ जना एकल महिला,९  जना पूर्ण अपाङ्ग र १७ जना आंशिक अपाङ्ग गरी २०१ जना लाई सम्मान कार्यक्रम गरिएको वडा सदस्य भिमराज जाेशीले बताए ।

सम्मान कार्यक्रममा सहभागी जेष्ठ नागरिक लगायतले चिसाेमा माैसममा वडाले सम्झेर सम्मान गरेकाेमा खुसि ब्याक्त गरेका छन ।

प्रतिक्रिया