Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष २४ गते आइतबार

जन्मदिनको अवसरमा वडा अध्यक्षले अनाथहरुलाई वाडे जुत्ता ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का वडाध्यक्ष पदम बुडाले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालवालिकाहरुलाई जुत्ता वितरण गरेका छन् ।

आइतबार वडाध्यक्ष बुडाले आफ्नो जन्मदिनको अवसरमा जिल्लाको महेनद्रनगर स्थित महाकाली अञ्चल बाल अनाथालयका बालबालिकालाई जुत्ता वितरण गरेका हुन् ।

अनाथालयका बालवालिकाहरुलाई जाडोमा चिसाेबाट बचुन भन्ने उद्देश्यले जन्मदिनको अवसरमा जुत्ता वितरण गरिएको उनले बताए ।

वडाध्यक्ष बुडाले पछिल्लो समय जन्मदिनमा ठुल–ठुला होटेलमा गएर धेरै पैसा खर्च गर्ने परिपाटी रहेका बेला अनाथ बालवालिकालाई आवश्यक सामाग्री वितरण गरेर समेत जन्मदिन मनाउन सकिन्छ भन्ने उदाहरण दिएका छन् ।

वडाध्यक्ष बुडाले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।


#अनाथालय

प्रतिक्रिया