Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ ०२ गते सोमबार

बेलाैरि र बेलडाँडिमा माघ ३ गते स्थानिय बिदा ।

माघी पर्वमा कंचनपुरकाे बेलाैरि नगरपालिका र बेलडाँडी गाउँपालिकाले माघ ३ गते मंगलबार १ दिने स्थानीय विदा दिने निर्णय गरेका छन् ।


बेलडाँडी गाउँपालिकाले एक बिज्ञप्ति जारी गर्दै माघ ३ गते स्थानीय विदा दिने ब्यहारो जनाएको छ । गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा यस्तो भनिएको छ ।

गाउँसभाको निर्णयानुसार माघी पर्वको अवसरमा ३ गतेका दिन बेलडाडी गाउँपालिका क्षेत्रभित्र स्थानिय सार्वजनिक विदा दिइएको व्यहोरा खुलाईएकाे छ ।

यस्तै बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर वि.क. द्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा पनि कार्यपालिका बैठककाे निर्णय अनुसार स्थानिय क्षेत्रमा बिदा दिईएकाे उल्लेख गरेकाे छ ।


#माघि बिदा

प्रतिक्रिया