Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ १५ गते आइतबार

अपि पावर कम्पनिले हकप्रद शेयर प्रदान गर्न पायाे अनुमति ।

विद्युत नियमन आयोगले अपि पावर कम्पनी लिमिटेड (API) लाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । आयोगले माघ १२ गते कम्पनीलाई हकप्रद निष्काशन गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले माघ ३ गते हकप्रद शेयर निष्काशन गर्न साधारण सभामा प्रस्ताव लैजानु पूर्व स्वीकृतिको लागि निवेदन पेश गरेको थियो । उक्त निवेदनको आधारमा कम्पनीलाई आयोगले हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

कम्पनीले हाल सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हाल ८.५ मेगावाटको गौगड गाढ जलविद्युत आयोजना, ८ मेगावाटको अप्पर नौगड गाढ जलविद्युत आयोजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना र १–१ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना र सिमरा सौर्य विद्युत आयोजना सञ्चालन गरिरहेको छ । यी आयोजना सञ्चालन गर्न कम्पनीले कुल १ अर्ब ६८ करोड ५५ लाख ७४ हजार ६५ रुपैयाँ ४३ पैसा ऋण लिएको छ ।


#अपि पार #अपि पावर शेयर

प्रतिक्रिया