Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
काठमाडौं
२०७९ फागुन ०२ गते मङ्गलबार

नेप्सेमा १६.४० अंककाे गिरावट, काराेवार रकम पनि खुम्चियाे ।

मौद्रिक नीति समीक्षापछिको दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको थियो । मौद्रिक नीति समीक्षापछि आइतबार करिब ६१ अंकको गिरावट भएको नेप्से मंगलबार लगातार दोस्रो कारोबार दिन पनि घटेको हो ।

मंगलबार बजार परिसूचक नेप्से १६.४० अंक (०.७७ प्रतिशत) ले गिरावट हुँदा २१०५.४६ अंकमा बन्द भएको छ । उत्पादनमूलक बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । उत्पादनमूलक उपसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ । यता लगानी उपसूचक १.०२ प्रतिशतले गिरावट हुँदा अरु सबै उपसूचक १ प्रतिशत भन्दा कमको गिरावट भएको हो ।

नेप्सेसँगै कारोबार रकम पनि घटेर २ अर्बबाट तल झरेको छ । मंगलबार नेप्सेमा कुल १ अर्ब ७८ करोड ७० लाख १६ हजार रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन डिष्टिलरीको सर्वाधिक ७ करोड ७५ लाख ६५ हजारको कारोबार भएको छ । यस्तै ङादी ग्रुप पावरको ७ करोड ७४ लाख २० हजार र एनआईसी एशिया बैंकको ६ करोड ९० लाख ७० हजारको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा २१५ कम्पनीको सेयर कारोबार हुँदा १६२ कमपनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ४५ कम्पनीको सेयरमूलय वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ । युनिलिभर नेपालको सेयरमूल्य सर्वाधिक ६.१२ प्रतिशतले वृद्धि हुँदा राप्ती हाइड्रपावरको ५.२३ प्रतिशत र नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ४.५७ प्रतिशतले वृद्धि भएको छ ।

यता बाराही हाइड्रोपावरको सेयरमूल्य ५.०७ प्रतिशतले गिरावट हुँदा लक्ष्मी लघुवित्तको ३.९५ प्रतिशत र सामुदायिक लघुवित्तको सेयरमूल्य ३.७० प्रतिशतले गिरावट भएको छ ।


#नेप्से

प्रतिक्रिया