Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ चैत ०६ गते सोमबार

दोधारा चाँदनीका मेयर लिम्बुले किरियामा बसेका दमाई परिवारलाई दिए खाद्यान्न ।

आर्थिक अवस्था कमजोर भई खाद्यान्नको अभाव भएका दोधारा चाँदनी– ४ का एक घरपरिवारलाई खदाद्यान्न दिएका छन् । दोधारा चाँदनी नगरपालिका– ४ पिपल चौतारा निवासी जित बहादुर दमाईको घरपरिवारलाई दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले उनकै घरमा पुगेर खाद्यान्न हस्तान्तरण गरेका छन् । मेयर लिम्बुले २ बोरा चामल, ५ केजी दाल, २ लिटर खाने तेल, २ केजी नुन जित बहादुर दमाईको घरपरिवारलाई हस्तान्तरण गरेका हुन् । जित बहादुर दमाईको धर्मपत्नी देहान्तले घरपरिवारका शोकमा छन् । किरियामा बसेको अवस्थामा दमाई परिवारमा खाद्यान्नको अभाव भएको मेयर लिम्बुले थाहा पाए संगै आज जित बहादुर दमाईको घरमा पुगेर खाद्यान्न उपलब्ध गराएका हुन् । उक्त खाद्यान्न हस्तान्तरण समयमा दोधारा चाँदनी– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, वडा नं. ५ का वडाध्यक्ष केशव खत्री, नेकपा एमालेका नेता नर बहादुर बिक लगाएत जित बहादुरको परिवारजन र स्थानियहरुको सहभागिता रहेको थिए । घरमा खाद्यान्नको अभाव भएको थाहा पछि उनिहरुलाई खाद्यान्न उपलब्ध गराएको दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । खाद्यान्न लिएर आफ्नो घरमा स्थानिय सरकारको प्रमुख आएपछि दमाईको घरपरिवारमा खुशी छाएको छ् ।

प्रतिक्रिया