Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ चैत ०६ गते सोमबार

भुवनको उपचारको लागी संकलित रकम हस्तान्तरण   ।

दोधारा चाँदनी नगरपालिकाका भुवन औजी बचाउ अभियान अन्तर्गत रकम संकलन रकम हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– २ निवासी भुवन औजीको उपचारको लागी आर्थिक संकलन पछि हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडा सदस्य मनकला खनाल पुजाराले जानकारी दिएका छन् । पंचकोटी सिलाई व्यवसायी समिति दोधारा चाँदनीले भुवनको उपचारको लागी रु. ५४ हजार ४ सय र वडा सदस्य मनकला खनाल पुजाराले देश, बिदेशमा रहका नेपाली दाजुभाईहरुबाट संकलन गरिएको रकम रु. ३० हजार भुवन औजीका धर्मपत्नी यसोदा औजीलाई हस्तान्तरण गरिएको छ् । भुवन औजीको ब्रेन ट्युमर र प्याङक्रीयामा समस्याका कारण उनि झण्डै २ वर्ष देखि समस्यामा परेका छन् । उनको उपचार भारतको खटिमा शहर स्थित एक निजी अस्पतालमा उपचार भईरहेको छ् । आर्थिक अवस्था दैनिय रहेको भुवनको उपचारको लागी सर्वस्व सकिएपछि उनको उपचारको लागी सहयोग संकलन अघि बढाईएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले बताएका छन् । हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, उपमृयर गंगा देबी जोशी, वडाध्यक्ष केशव खत्री, वडा सदस्य मनकला खनाल पुजारा, पंचकोटी सिलाई व्यवसायी समिति दोधारा चाँदनीका पदाधिकारी लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो । पंचकोटी सिलाई व्यवसायी समिति दोधारा चाँदनीका अध्यक्ष बिरेन्द्र औजीले संस्थाबाट रु. ३० हजार र अन्य रकम आर्थिक संकलन गरि रु. ५४ हजार ४ सय भुवनको उपचारको लागी सहयोग गरेको बताएका छन् । आर्थिक अवस्था दैनिय रहेको पारिवारिक पृष्ठभुमी भएका भुवन औजीको परिवारले उपचार खर्च धान्न नसक्ने हुदा उपचार खर्च जुटाउनकोनसक्ने अवस्था रहेकोमा दाताहरुले सहयोग गरेको भन्दै दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले सबैलाई धन्यबाद दिएका छन् । उनले आर्थिक रकम उठाई भुवनको उपचारमा सघाउन सघाउने वडा सदस्य मनकला खनाल पुजार र पंचकोटी सिलाई व्यवसायी समिति अध्यक्ष बिरेन्द्र औजी लगाएत उनका टोलीलाई बिेशष धन्यबाद दिएका छन् । पुन्य कमाउन मठ, मन्दिरमा जानुको साटो दुखी, गरिबको पिडामा मलहम लगाउनु उत्तम कार्य रकेको बताउदै भुवनको उपचार खर्चमा दोधारा चाँदनी नगरपालिका कार्यालयले सघाउने प्रतिबद्धता जाहेर गरेका छन् । यस्तै दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले पिडित भुवन औजीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो तर्फबाट हुनसक्ने सहयोगको गर्ने बताएका छन् । आर्थिक अवस्था दैनिय रहेको पारिवारिक पृष्ठभुमी भएका भुवन औजीको परिवारले उपचार खर्च धान्न नसक्ने हुदा उपचार खर्च जुटाउनको लागी आर्थिक संकलन अभियान सुरु गरिएको पंचकोटी सिलाई व्यवसायी समिति दोधारा चाँदनीका अध्यक्ष बिरेन्द्र औजीले बताएका छन् । उपचार खर्चका लागी धेरै पैसा लाग्ने देखिएकोले आफनै दाजु, भाई सम्झेर सहयोग गरिदिनहुन अनुरोध गरिएको छ् । सहयोगका लागी सनराईज बैंक लि. को खाता नं. १४०१००३४८०२०२००१ अथवा मोवाईल ९८६१०४९८०१ सम्पर्क गरिदिन अनुरोध गरिएको छ् ।

प्रतिक्रिया