Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत ०७ गते मङ्गलबार

आज नयाँ सम्बतसर, यस्ताे छ बार्षिक राषिफल ।

आज देखि नयाँ सम्बत सरेकाे छ । आज मंगलबार आमावाश्या विक्रम सम्बत २०८० साल ।श्री शाके १९४५। नेपाल सम्बत ११४३-११४४ ।2023-2024 AD .सुरु भएकाे छ ।

आजदेखि सुरु भएकाे सम्बतकाे नाम पिंगल रहेकाे छ । राजा  बुध र मन्त्री शुक्र रहेकाे ज्याेतिस मेखराज जाेशी अठाेलाले बताउनु भयाे ।

वँहाका अनुसार यश वर्षभरिमा राषिहरुकाे वार्षिक राषिफल यस्ताे रहेकाे छ ।
मेष (चु.चे. चो.ला. लि.लु. ले. लो.अ.)

कुटुम्ब वृद्धि, माङ्गलिक कार्य, तीर्थयात्रा समेतको योग रहेको छ । पठनपाठन राम्रो रहनेछ । सन्तानको सुख मिल्नेछ । व्यापार, व्यवसायबाट सामान्य लाभ हुनेछ । वैदेशिक क्षेत्रबाट राम्रै लाभ भएपनि सो क्षेत्रका कार्यहरू अधुरै रहनेछन् । एकादश शनिले आम्दानी बढाउने छ । आर्थिक उन्नतिका बाटाहरू बन्दै जानेछन् । पारिवारिक सुख र मनमा सन्तोष मिल्नेछ । राशिको राहु र बृहस्पति तथा सातौं केतुले डरत्रासको भय र शत्रुबाट भय गराउनेछ । कष्ट र नोक्सानी समेत व्यहोर्नु पर्नेछ । अतः गुरु, राहु र केतुको अशुभ फलबाट बच्न जप, हवन आदि शान्तिका कर्महरू गर्नु राम्रो हुन्छ । नोकरीमा पदोन्नति हुनेछ । सामाजिक क्षेत्रका काममा अपजस मिल्नेछ । आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन | महिना शुभ रहेका छन् ।


वृष (इ. उ. ए. ओ. वा. वि. दु.वे. वो)

व्यापार र पशुव्यवसायबाट राम्रो कमाई हुनेछ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै आम्दानी समेत हुनेछ । नोकरीमा थुप्रै अपजस खप्नु परे पनि सामाजिक क्षेत्रको कामबाट मानसम्मान मिल्नेछ । केतु शुभ रहनाले आम्दानी बढ्नेछ । पारिवारिक समस्याहरू समाधान हुनाले सन्तोषको श्वास फेर्न पाइनेछ । तर बाह्रौं वृहस्पति र दशम शनिले शरीरमा पीडा, शत्रुबाट भय, पेशागत समस्याहरू खप्नुपर्नेछ । वर्षको उत्तरार्द्धबाट नयाँ कार्यको थालनी हुनेछ । वृत्तिविकासका अवसरहरू मिल्नेछन् । अशुभ फलदायी ग्रहका शान्तिकर्म गरेमा स्वास्थ्यसम्बन्धी समस्या र शत्रुबाट हुने पीडाबाट छुटकारा मिल्नेछ । परिवारमा बढोत्तरी हुनेछ । पठनपाठन सम्बन्धी काम अधुरो रहनेछ । वर्षको उत्तरार्द्धबाट नयाँ नयाँ कामको थालनी हुनेछ । आर्थिक दृष्टिले साउन, कार्तिक, फागुन र चैत महिना शुभ रहेका छन् ।

मिथुन (क. कि. कु. ध. ङ. छ. के. को.ह.)

पठनपाठन कार्य यस वर्ष सफल रहनेछ । शनि अशुभ फलदायी हुनाले यस वर्ष धार्मिक काममा रुचि घट्ने र पापकर्ममा मन बढ्नेछ । केही सञ्चित धनको नोक्सानी समेत हुनेछ । व्यापार व्यवसाय र वैदेशिक क्षेत्रबाट राम्रो लाभ हुनेछ । परिवारमा माङ्गलिक कार्य हुनेछ । एकादश वृहस्पति र राहुले आर्थिक उन्नति गराउनेछ । नोकरी लगायत जीविकाको अवसर मिल्नाले मनमा सन्तोष मिल्नेछ । पञ्चम केतुका कारण सन्तानबाट र सन्तानका लागि आर्थिक क्षति सहनुपर्नेछ । वर्षको उत्तरार्द्धमा शत्रुले दुःख दिनेछन् । जग्गाजमीन, मोटरगाडी र पशुव्यवसायमा नोक्सानी खप्नुपर्नेछ । वर्षान्तमा माया मारिसकेको धन हात लाग्नेछ । आर्थिक दृष्टिले वैशाख, भदौ, मङ्सिर र चैत महिना शुभ रहेका छन् ।

कर्कट (हि. हू.हे.हो. डा. डि. डु.डे. डो)

जन्मकुण्डलीमा उक्त ग्रहहरू अशुभ फलदायी भएमा शत्रुबाट पीडा, पारिवारिक समस्या, सञ्चितिमा मान बाधा, भुट्टा आरोप, शरीरमा आलस्यता, मानसिक तनावजस्ता अशुभ फल प्राप्त हुने भएकाले उक्त ग्रहहरूको दान, जप, पूजा, पाठ आदि शान्तिकर्म गर्नुपर्नेछ । गोचर भ्रमणमा वृहस्पति, राहु, शनि र केतु ग्रहहरू अशुभ फलदायी रहेका छन् । अढैया शनिको प्रभाव समेत रहेको छ । वर्षको उत्तरार्द्धबाट आम्दानी बढ्ने, शत्रुमाथि विजय प्राप्त हुने आदि शुभ फल प्राप्त हुनेछ । अध्ययन-अध्यापन कार्य सफल रहनेछ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै व्यापार व्यवसायबाट मध्यम लाभ हुनेछ । नोकरीमा मानसम्मान मिल्नेछ । आर्थिक दृष्टिले वैशाख, जेठ, असोज र पुस महिना शुभ रहेका छन् ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टू.टे)

धार्मिक तीर्थस्थलहरूको भ्रमण हुनेछ। नोकरी र र सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । व्यापार व्यवसाय । सामान्य रहेको छ । पशुपालन व्यवसाय, जग्गाजमीन सम्बन्धी ना कारोबार गर्नेले बढी मुनाफा पाउनेछन्। नोकरीबाट मानसम्मानसहित सन्तोष प्राप्त हुनेछ । वर्षको उत्तरार्द्धबाट स्वास्थ्यसम्बन्धी जटिल समस्याले सताउने आफन्तले विश्वासघात गर्ने अवस्था रहेको छ । वृहस्पति र केतु शुभ फलदायी रहनाले आर्थिक र भौतिक सुख चौ तर्फबाट मिल्नेछ । राहु र शनिका कारण पारिवारिक समस्याले दुःख ख दिने, पापकर्ममा आशक्ति बढ्ने, दाम्पत्य जीवनमा विश्वासको सङ्कट देखा पर्ने हुँदा उक्त ग्रहहरूको दोष निवारणका लागि शान्ति क कर्महरू गर्नुपर्ने देखिन्छ । आर्थिक दृष्टिले जेठ, असार, कार्तिक र माघ महिना शुभ रहेका छन् ।

कन्या (टो.प.पी.पू.ष. ण. ठ.पे. पो)

पशुपालन र कृषि व्यवसायबाट राम्रो मुनाफा मिल्नेछ । वैदेशिक क्षेत्रका कामहरू धेरै प्रयासबाट मात्र बन्नेछन् । पठनपाठनमा भने यस वर्ष जाँगर चल्नेछैन । शनि शुभ रहनाले सुख, शान्ति, सन्तोष मिल्नेछ । यस वर्ष राम्रै धन लाभ हुनेछ। गुरु, राहु र केतु प्रतिकूल रहनाले स्वास्थ्यसम्बन्धी समस्याले सताउने, दुष्कर्ममा मन बढ्ने, शत्रु बढ्ने, धन नाशका साथै पीडासमेत खप्नु पर्नेछ । तसर्थ उक्त ग्रहहरूको अशुभ फलबाट बच्न ग्रहशान्ति कर्महरू गर्नु उपयुक्त देखिन्छ । वर्षको उत्तरार्द्धमा पारिवारिक समस्या र आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । शिक्षा क्षेत्र नै अधुरो रहने सम्भावना बढेको छ । नोकरीमा थुप्रै अपजस र खप्नुपर्नेछ । आर्थिक दृष्टिले असार, साउन, मसिर र फागुन महिना शुभ रहेका छन् ।

तुला (रा,री. रू. रे. रो. ता.ती. तु. ते)

यस वर्ष आँटेका कामहरू पूरा गर्न सकिनेछ । वृहस्पति र राहु अनुकूल रहनाले आर्थिक वृद्धि, सुख, मानसम्मान प्राप्त हुने योग रहेको छ। आम्दानीका नयाँ नयाँ स्रोतहरू प्राप्त हुनेछन् । शनि र केतु अशुभ फलदायी रहनाले शत्रु बढ्ने, डर त्रासको स्थिति देखापर्ने, अनावश्यक खर्च बढ्ने र सन्तानबाट पीडा समेत हुने देखिन्छ । वर्षको उत्तरार्द्धमा आफन्तसँगको वियोग सहनु परेपनि अप्रत्याशित धन लाभ हुनेछ। व्यापार व्यवसाय र पशुपालन व्यवसाय फष्टाउनेछ । परिवारमा माङ्गलिक कार्यका साथै कुटुम्ब वृद्धिसमेत हुनेछ । आलस्यता बढ्नाले पठनपाठन कार्य कमजोर रहनेछ । सन्तान सुख मिल्नेछ । आर्थिक दृष्टिले साउन, भदौ, पुस र चैत महिना शुभ रहेका छन् ।

वृश्चिक (तो. ना. नि. नू.ने. नो.या. वि.यू)

पशुव्यवसायबाट नोक्सानी खप्नु पर्नेछ । अन्य व्यापार व्यवसायबाट मध्यम लाभ हुनेछ । विदेशसँग सम्बन्धित काम अधुरो रहनेछ । नोकरीमा थुप्रै अपजस खप्नु पर्ने र स्थानान्तरण हुने भएपनि मानवृद्धि हुनेछ । केतु शुभ रहनाले यश, कीर्ति बढ्ने र अर्थलाभ हुने देखिन्छ । तर गुरु, राहु र शनिग्रह अशुभ फलदायी रहनाले आफन्तसँगको सम्बन्ध टुट्ने, हानी नोक्सानी बढ्ने, शत्रुवृद्धि हुने, डरत्रासको अवस्थाले मनमा पीडा हुने देखिन्छ । अत उक्त ग्रहहरूको पूजा, दान, जप आदि शान्तिकर्म गरेमा शुभफल प्राप्त ला हुनेछ । वर्षको उत्तरार्द्धमा अप्रत्याशित धनलाभ र नयाँ कामको थालनी हुनेछ। अध्ययन-अध्यापन कार्य मध्यम रहेको छ । वर्षको मध्यभागमा माया मारेको धन हात लाग्नेछ । आर्थिक दृष्टिले वैशाख, भदौ, असोज र माघ महिना शुभ रहेका छन् ।

धनु (ये.यो. भा .मी.भू.घ.फा.ढ. भे)                                                                                                     अधुरो रहेका कामहरू पूरा हुनुका साथै नयाँ कामको थालनी हुनेछ । बृहस्पति र शनि शुभ रहनाले पठनपाठनमा सफलता र आम्दानी बढ्नेछ । साझेदारी कामबाट लाभ हुनेछ । पुख्र्यौली सम्पत्तिसम्बन्धी समस्याहरू समाधान हुनेछन् । परिवारमा माङ्गलिक कार्य हुनेछ । धार्मिक तीर्थस्थलहरूको भ्रमण हुनेछ । वर्षको उत्तरार्द्धबाट स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्ति मिल्नेछ । व्यापार व्यवसायबाट मध्यम लाभ भए पनि वैदेशिक क्षेत्रबाट सन्तोषजनक लाभ हुनेछ । वर्षको मध्यभागमा लेनदेनका कारण आफन्तसंग मनमुटाव हुनेछ । नोकरीमा स्थानान्तरणका साथै जिम्मेवारी बढ्नेछ। आर्थिक दृष्टिले जेठ, असोज, कात्तिक र फागुन महिना शुभ रहेका छन् ।

मकर (भो.जा.जी. जू. जे. जो. ख. खि. खु.खे. खो.गा. गी)

बृहस्पति र शनि अशुभ रहनाले झुट्टा आरोप लाग्ने, धनको नोक्सानी हुने, शत्रु बढ्ने, मानसिक तनाव बढ्ने, स्वास्थ्यमा बाधा र सञ्चित धनको समेत क्षति हुने भएकाले जन्म कुण्डलीमा शनि अशुभ रहेका व्यक्तिहरूले गुरु र शनिको शान्ति गर्नुपर्ने देखिन्छ । राहु शुभ फलदायी रहनाले शरीर स्वस्थ रहने र सोचे अनुरूप नै धनलाभ हुनेछ। खर्चका बाटा प्रशस्त हुनाले ठूलै आम्दानीले पनि खर्च धान्न धौधौ पर्नेछ । शुभकर्महरूमा मन लाग्नेछैन । जग्गाजमिन सम्बन्धी कारोबार गर्ने र पशुपालन गर्ने व्यक्तिले राम्रो नाफा कमाउने छन् । नोकरी मध्यम फलदायी रहेको छ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै आर्थिक लाभसमेत हुनेछ । पठनपाठनमा रुचि बढ्नेछ । आर्थिक दृष्टिले असार, कात्तिक, मसिर र चैत महिना शुभ रहेका छन् ।

कुम्भ (गु.गे. गाे.सा.सि.सू.से.साे.दा.)                                                                                                  नोकरी र वैदेशिक क्षेत्रको काममा लागेका व्यक्तिले तनावका बाबजुद प्रशस्तै लाभ लिन सक्नेछन् । पशुपालन र जग्गाजमिन सम्बन्धी कारोबारबाट मध्यम लाभ मिल्नेछ ।  धार्मिक तीर्थस्थलहरूको भ्रमण हुनेछ । आलस्य बढ्नाले पठनपाठनमा जाँगर चल्दैन । सामाजिक काममा धेरै समय बित्नेछ । यस वर्ष को साढेसाती शनि, राहु, केतु र गुरु ग्रहहरू अशुभ स्थानमा रहनाले जन्मकुण्डलीमा अशुभ फलदायी भएमा धननाश, शत्रुवृद्धि, मानसिक तनाव, स्वास्थ्यसम्बन्धी समस्या, डरत्रासले चिन्ता, आर्थिक सङ्कट र काम गर्न खोजेका कामहरू अधुरै रहने र बिग्रने देखिन्छ । अतः शुभ फल का प्राप्तिका लागि उक्त ग्रहहरूको जप, दानादि शान्तिकर्म गर्नु अत्यावश्यक देखिन्छ । वर्षको उत्तरार्द्धमा परिवारमा माङ्गलिक कार्य हुने र सन्तान सुख मिल्नेछ । आर्थिक दृष्टिले वैशाख, साउन, मसिर र पुस महिना शुभ रहेका छन् ।

मीन (दी.दू.थ.झ. ञ. दे.दो. च.ची)

नोकरी र वैदेशिक क्षेत्रबाट राम्रै लाभ हुनेछ। अध्ययन- अध्यापन कार्य सफल रहनेछ । वर्षको उत्तरार्द्धमा साझेदारी काममा बाधा पर्नेछ । वृहस्पति अनुकूल रहनाले आम्दानी बढ्नेछ । आम्दानीका नयाँनयाँ बाटाहरू बन्नेछन् । कुटुम्ब वृद्धिका साथै हरेक काममा साथीभाइ र आफन्तको सहयोग मिल्नेछ । वर्षको पूवार्द्धमा राहु, केतु र शनि अशुभ रहनाले सञ्चित धनको नाश, र्ने आफन्तमा वैरभाव, शत्रुबाट पीडा र विभिन्न झमेलामा फस्नु भएकाले उक्त अशुभ फलबाट बच्न ग्रहशान्ति कर्म गर्नुपर्ने पर्ने | देखिन्छ । पवित्र तीर्थस्थलहरूको भ्रमण हुनेछ। नोकरी र सामाजिक क. क्षेत्रबाट मानसम्मान मिल्नेछ । आर्थिक दृष्टिले जेठ, भदौ, पुस माघ महिना शुभ रहेका छन् ।


#सम्बत

प्रतिक्रिया