Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
दाङ्ग
२०७९ चैत २२ गते बुधबार

यसईई  परिक्षा दिन बसेकि बलात्कार आराेपि शिक्षक फरार ।

पश्चिम दाङमा एसइइ दिने छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षक फरार भएको प्रहरीले जानकारी दिएको छ । शान्तिनगर गाउँपालिका–७ धनौरीमा रहेको शिवशक्ति माध्यामिक विद्यालयका शिक्षक ३५ वर्षका खुमानन्द पौडेल बालात्कार पछि भागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

विद्यालयमा होस्टेल बसेकी १६ वर्षकी छात्रालाई आरोपित शिक्षकले सोमबार राति बोलाएर बलात्कार गरेपछि घटना सार्वजनिक भएको को । शिक्षक पौडेलका विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी परेपछि प्रहरीले खोजी कार्य तिब्र पारेको छ ।


#किशाेरि बलात्कार

प्रतिक्रिया