Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
बैतडी
२०७९ चैत २४ गते शुक्रबार

चैत्र ३० गते राताशिलामा महाकुम्भ मेला लाग्ने ।

बैतडिकाे पुर्चाैडिकाे राताशिलामा चैत्र ३० गते महाकुम्भ मेला लाग्ने भएकाे हाे ।

पुर्चुडी नगरपालिका त्रिबेणि धाम राताशिलामा यहीँ चैत्र १० गतेदेखि राष्ट्रिय पण्डित  ब्यासाचार्य खेमराज ओझाकाे प्रवचन वाचन रहने गरि बिराट कोटिहोम महायज्ञ संचालन भैरहेको छ । उक्त स्थान लाई पर्यटन प्रवर्द्धन,धार्मिक महत्त्व तथा पौराणिक कालिन शिव भगवानको रक्त भुगर्भ मा रहेको विशेष देबभुमिमा  महाकुम्भ मेला लगाउने तयारि रहेकाे मेला आयाेजक समिति अध्यक्ष वकिल बहादुर धानुकले बताए ।
धानुकका अनुसार चैत्र ३० गते सुप प्रदेश प्रमुख देबराज जोशी,विश्व हिन्दु महासंघ अध्यक्ष तथा पुर्वमन्त्री डा.रामचन्द्र अधिकारी लगायत हिन्दु धर्मावलम्बीहरुको उपस्थितिमा मेला उद्घाटन,स्नान,आजापुजा गरिने बताएका छन । 


#कुम्भ मेला

प्रतिक्रिया