Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख १५ गते शुक्रबार

आधा राति किशाेरि लगेर बलात्कार आराेपि ३ जना पक्राउ ।

भीमदत्त नगरपालिका वडा नम्बर ८ तिलाचौरमा बुधबार राती १५ बर्षिया किशोरी माथि बलात्कार गरेको आरोपमा तीन जाना युवक पक्राउ परेका छन् ।

सानै देखि इंडिया बस्दै गरेकी किशोरी यही वैशाखको १२ गते मात्र इन्डियाबाट आएकी थिइन् । किशोरीलाई गाँउकै एक जना युवकले राति करिब दुई बजेतिर घरबाटै अपहरण गरेर घरभन्दा अलि पर खोलाको किनारमा थप दुईजना साथीहरूलाई बोलाएर बलात्कार गरेको पीडित पक्षका आफन्त ले बताएका छन्।

उनका अनुसार “किशोरी बलत्कृत भइसकेपछि करिब चार बजे तिर घरमा आएर आफ्नो घटना बारे ठूली आमालाई बताएकी थिइन् ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकास डाँगीले आरोपीलाई पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् । पीडित पक्षले दोषिलाई कार्बाहीको माग अघि सारेका छन ।


#बलात्कार

प्रतिक्रिया