Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दाेधारा चादनी
२०८० जेठ १२ गते शुक्रबार

दोधारा चाँदनी–४ का महिलाहरुलाई एक हप्ते चुरा, पोते तालिम

सधै घरायसी काम धन्दामा मात्र सीमीत रहने महिलाहरु यति बेला सीप सिकेर आत्मनिर्भर बन्नुपर्छ भन्ने कुरामा सचेत भएको पाईन्छ । कुनै समयमा पुरुषको आदेशमा चल्ने महिलाहरु अहिले आफैमा मेहेनत गरेर स्वरोजगार बन्न खोजिरहेका छन् । अवसर पाए महिलाहरुले पनि पुरुष सरह गर्न सक्छन् भन्ने उद्धेश्यले दोधारा चाँदनी नगरपालिका– ४ का महिलाहरुको लागि वडास्तरिय चुरा, पोते तालिम संचालनमा ल्याएको छ् ।

दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको आर्थिक सहयोग र महाकाली महिला बिकास नेपाल दोधारा चाँदनीको आयोजनामा एक हप्ते चुरा, पोते बनाउने तालिम संचालन गरिएको छ् । यतिबेला महिलाहरुलाई आत्मनिर्भर र सक्षम बनाउन चुरा, पोते, माला तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् । महिलाहरु आर्थिक रुपमा कमजोर हुदा पछाडी परेकाले तालिमको आयोजना गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । उनले महिलाहरुलाई उद्यमी बनाउदै आत्मनिर्मर बनाउन तालिम आयोजना गरिएको बताए ।

तालिममा सहभागीहरुले तालिमले सम्पुर्ण सहभागीलाई हौसला थपेको भन्दै सामाग्री उत्पादन गरेर बजारीकरणमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । वडामा रहेका सबै टोल बस्तीका उद्यमी बन्न चाहाने महिलाहरुलाई तालिमका सहभागी रहेको दोधारा चाँदनी नगरपािलका– ४ का वडा सदस्य गगन बहादुर सिंहले बताएका छन् । तालिम सकेर महिलाहरुले ब्यवसायीरुपमा कार्य गरेमा आफ्नो पकेट खर्चको लागि कोही संग हात फैलाउन नपर्ने वडा सदस्य सिंहले बताएका छन् । तालिममा १५ जना महिलाहरुको सभागी रहेको छ् । तालिमको समापन संगै महिलाहरु ब्यवसायीरुपमा काम गर्नमा उन्मुख हुने प्रतिबद्धता जाहेर गरेका छन् । महाकाली महिला बिकास संस्थाका  अध्यक्ष रन्जना सुनारले आफ्नो संस्थाले संचालन गरेको तालिममा तालिम पश्चात सहभागीहरुले ब्यवसायीरुपमा काम गरेको नगरेको अनुगमन गर्ने बताएका छन् । उनले कार्यक्रम संचालन गर्न सहयोग गर्ने दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयलाई धन्यबाद दिदै आफ्नो संस्थाहरुले बिगत केही वर्ष देखि महिलाको क्षेत्रमा काम गर्दै आएको बताएका छन् । तालिमका प्रशिक्षक छाया चन्द रहेका छन् । तालिम उपलब्धीमुलक रहने बिश्वास गरिएको छ् ।

प्रतिक्रिया