Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन ०९ गते मङ्गलबार

याैन धन्दा गराएकाे आराेपमा अत्तरिया बाट २ जना पक्राउ

कैलालीको अत्तरिया क्षेत्रमा होटल खोलेर यौनधन्दा गराउने २ जना पक्राउ परेका छन्। सोमवार इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा रहेको होटलमा छापा हान्दा महिलासहित होटल संचालक पक्राउ परेका हुन्।

गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा रहेको बोगटी अछाम होटलका सञ्चालक डोटीको घण्टेश्वरका प्रकाश थापा र कैलालीको घोडाघोडी बस्ने बिमला सुनार पक्राउ परेका हुन्। मालाखेती प्रहरीका अनुसार उक्त होटलबाट १ बट्टा कण्डम, ९ ट्याबलेट गर्भनिरोधक औषधि इकोन पिल्स र सरजोल क्रीम १ बट्टा बरामद भएको छ।
वेश्यावृत्ति तथा अनैतिक क्रियाकलापमा संलग्नता रहेकाले उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए।


#याैनधन्दा

प्रतिक्रिया