Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन १२ गते शुक्रबार

वडा सदस्य गिरिले गराए बृद्धाश्रममा भाेजन, नेताहरु गए सघाउन ।

कंचनपुरकाे भिमदत्त नगरपालीका वडा १० का वडा सदस्य हर्कराज गिरिले बृद्घाश्रममा भाेजन गराएका हुन ।

वेदकाेट नगरपालिका राैटेला स्थित रहेकाे बैजनाथ बृद्घाश्रममा रहेका बृद्घ बृद्घा लाई शुक्रवार दिउसाे भाेजन गराएका हुन । भाेजन गराउन तरुण दलका केन्द्रीय सदस्य श्याम सुन्दर ठकुराठि, नेबिसंघ कंचनपुर निवर्तमान अध्यक्ष कृष्ण भट्ट, भिमदत्त १० का काग्रेस सभापति गाेकुलराज जाेशी, नेबिसंघका गाेकर्ण महरा, दिपक अवस्थि लगायत नेताहरु कार्यक्रममा सघाउन सहभागी भएका थिए ।

आश्रय नभएका घर परिवारमा दु:ख भएर बस्न नसकि निस्किएका लगायत विभिन्न समस्यामा रहेका बृद्घहरु रहेकाे  बृद्धाश्रममा सहयाेगि हातहरुकाे सहयाेगले सहज रुपमा चलाउन मदत्त भएकाे वेदकाेट ८ का वडा अध्यक्ष महेश जाेशीले बताएका छन ।यसरी विभिन्न सहयाेग मनअरुले जन्मदिन, चाड पर्व लगायतका अवसरमा सहयाेग गर्ने गरेका छन ।


#बृद्धाश्रममा भाेजन सहयाेग

प्रतिक्रिया