Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० भदौ १२ गते मङ्गलबार

उद्याेग वाणिज्य संघका अध्यक्ष जाेशीले आफ्नाे जन्मदिनको पुर्वसन्ध्यामा अनाथ बालककाे जन्मदिन बनाउन गरे सहयाेग ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष एव यस क्षेत्रका सफल युवा उद्यमी पिताम्बर जोशीले फरकशैलीमा जन्मदिन मनाएका छन । वाणिज्य संघका अध्यक्ष जोशीले यस पटक फरक शैलीमा जन्मदिन मनाएर अनाथ बालबालिका खुसी पारेका छन । जोशीले १२ भदौँमा आफ्नो जन्मदिनको पुर्व सन्ध्यामा एक अनाथ बालकको जन्मदिन बनाएका छन ।

भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित समाजकल्याण बाल अनाथालयमा बस्दै आएका अनाथ बालक भुवन धानुकको १० भदौँमा जन्मदिन मनाईदिएका हुन । समाजकल्याण बाल अनाथालयका सदस्य भगवती थापाले अनाथ बालक धानुकको कञ्चनपुर उद्योग वाणिज्य संघका पिताम्बर जोशीले जन्मदिन मनाउन आर्थिक सहयोग गरेको बताए । संघकै अध्यक्ष जोशीले आफ्नो जन्मदिनको पुर्वसन्ध्यामा अनाथ बालक धानुकको जन्मदिन मनाउन आर्थिक सहयोग गरेर नयाँ विषयको शुरुवात गरेको बताईन ।

समाजसेवी समेत रहेका उद्योग वाणिज्य संघका अध्यक्ष जोशीले यसरी अनाथ बालकको जन्मदिन मनाईदिएपछी अनाथालयका बालबालिका हर्षित भएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले जन्मदिनको अवसमा बेसाहरा बालकको उज्जल भविष्यको कामना सहित सक्दो सहयोग गरेर दिवस मनाईदिएको बताए ।

प्रतिक्रिया