Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० भदौ १२ गते मङ्गलबार

वडाध्यक्ष खत्रीको सहयोगले ‘लक्की’ स्कुल जान पाउने भएपछि खुशी

दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्रीको सहयोगले एक बालक बिद्यालय जान पाउने भएपछि खुशी भएका छन् ।

दोधारा चाँदनी नगरपालिका– ५ ईन्द्रवती टोलमा बस्ने वर्ष १२ का लक्की सुनारलाई वडाध्यक्ष केशव खत्रीले बिद्यालयमा नाम दर्ता, पोशाक र स्टेशनरी गरिदिने भएपछि लक्की खुशी भएका छन् । लक्कीको आमा नभएको र बाबु बिरामी अवस्थामा रहेको कारण उनि बिद्यालय जानबाट बन्चित हुदै आएका हुन् । आर्थिक अवस्था कमजोर भई बिद्यालय जान नसकेका लक्कीलाई बिद्यालय जान बिद्यालयमा नाम दर्ता, पोशाक र स्टेशनरी दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले ब्यक्तीगतरुपमा सघाउने भएपछि लक्की सुनार खुशी भएका हुन् ।

आज मंगलबार वडा कार्यालयमा पुगेरले वडाध्यक्ष खत्री संग भेट गरि आफु बिद्यालय जान पाउने भएको भन्दै खुशी ब्यक्त गरेका हुन् । वडाध्यक्ष खत्रीले भानु माबिमा नाम दर्ता गर्ने र एक वर्षको बिद्यार्थीलाई पठन पाठनमा चाहिने आवश्यक शैक्षिक सामग्री उपलब्ध गराईदिने भएपछि लक्की सुनार खुशीले गदगद भएका हुन् ।
यस अघि उनि दोधारा चाँदनी नगरपालिका– १० ओंमकार आधारभुत बिद्यालयमा अध्यनरत थिए । ओंमकार आधारभुत बिद्यालयमा कक्षा ४ मा उर्तिण भए संग घरको आर्थिक अवस्था कमजोर रहेको कारण उनि बिद्यालय जान छाडेका हुन् । ‘पढ्ने रहर निकै थियो, तर घर बाबा बिरामी हुनुहुन्छ्’ लक्की सुनारले भने– ‘अब वडाध्यक्षज्युले कपडा, जुत्ता, कापी, कलम र नाउ लेखाउन सहयोग गर्नु भएपछि अब स्कुल जान पाउने भए ।’ लक्की बिद्यालय जान पाउने भएपछि निकै खुशी भएका छन् । ‘धेरै पढेर ठुलो मान्छे बन्ने रहर छ्’ लक्कीले भने । वडाध्यक्ष केशव खत्रीले आर्थिक अभावको कारण लक्की सुनार बिद्यालय जान नसकेको थाहा पाएपछि बिद्यालयमा नाम दर्ता तथा बिद्यार्थीको लागी आवश्यक शैक्षिक सामग्री ब्यवस्था गर्न लागेको बताएका छन् । भानु माबिका प्रधानध्यापक संग कुरा भईसकेको र चाडै पोशाक लगाएत शैक्षिक सामग्री उपलब्ध गराई लक्की बिद्यालय जाने ब्यवस्था गरिएको वडाध्यक्ष केशव खत्रीले बताएका छन् । वडाध्यक्ष खत्रीले आफुले पाउने सरकारी तलब, भत्ताबाट तलब गरीव, असहायहरुलाई सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया