Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० भदौ १२ गते मङ्गलबार

बेलडाँडि १ काे गाैरा मन्दिरमा सास्कृतिक महासंघले डेउडा खेल आयाेजना गर्ने, पुरुस्कार सहितकाे ब्यावस्था ।

सुदूरपश्चिमेलीहरुको गौरा पर्वको अवसरमा कञ्चनपुरको बेलडाँडीमा देउडा प्रतियोगिता हुने भएको छ । नेपाल साँस्कृतिक महासंघ बेलडाँडीले गौरा पर्वको अवसरमा देउडा प्रतियोगिता गर्ने भएको हो । 

नेपाल साँस्कृतिक महासंघ बेलडाँडीका सभापति चेत बहादुर शाहले देउडा खेलको संरक्षणका लागि गौराको अवसरमा प्रतियोगिता राखिएको बताए ।

सभापति शाहका अनुसार बेलडाँडी गाँउपालिका १ गौरा मन्दिर क्षेत्रमै प्रतियोगिता हुनेछ । १६ भदौँदेखि२० भदाै सम्म टिम दर्ताका लागि समय आब्हान गरिएको र २१भदौँदेखि देउडा खेल संचालन हुनेछन । प्रतियोगितामा विजेता प्रथम टिमलाई २१ हजार, द्वितिय टिमलाई ११ हजार र तृतिय टिमलाई ७ हजार सहित प्रमाण पत्र दिईने छ ।

प्रतिक्रिया