Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
धनगढी
२०८० भदौ १३ गते बुधबार

धनगढीमा गाे:रा महाेत्सव हुने
फायल तस्बिर

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता सञ्चालन हुने भएको छ।

यही भदौ १४, १५ र १६ गते धनगढी —उपमहानगरपालिकाको प्राङ्गणमा सञ्चालन गरिने डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले बताए। स्थानीय ‘भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो।’ भन्ने मुल नाराका साथ २०७३ साल देखि निरन्तर गर्दै आएको र २०८० मा पनि ८ औं पटक गर्न लागेको डेउडा प्रतिष्ठानका महासचिव तोयाप्रसाद भट्टले बताए।

डेउडा प्रतियोगिताबाट प्रथम हुनेलाई २१ हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई ९ हजार र सान्त्वनालाई ५ हजारका साथै प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया