Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०७८ पुष १० गते शनिबार

गुगल लाई पछि पार्दै टिकटक नम्बर वानमा ।

यो वर्ष सन् २०२१ मा चिनियाँ भिडियो सेयरिङ प्लेटफर्म टिकटक सबैभन्दा लोकप्रिय प्रविधि कम्पनी बनेको छ । अमेरिकी सर्च इञ्जिन गुगललाई पछि पार्दै टिकटक सबैभन्दा लोकप्रिय कम्पनी बनेको हो । गत वर्ष सन् २०२० मा टिकटक दोस्रो स्थानमा थियो ।
टिकटकले यसअघि नै अमेरिकी कम्पनीहरू फेसबुक, माइक्रोसफ्ट र एप्पललाई पछाडि पारिसकेको छ । क्लाउडफेयरले सार्वजनिक गरको रिपोर्टअनुसार टिकटकले आफूलाई छोटो अवधिमै विश्वकै सबैभन्दा लोकप्रिय प्रविधि कम्पनीमा उभ्याएको हो ।
योसँगै गुगल दोस्रो स्थानमा आइपुगेको छ । गुगलपछि फेसबुक, माइक्रोसफ्ट, एप्पल कम्पनीहरू क्रमश : तेस्रो, चौथो र पाँच स्थानमा छन् । यस्तै, ई–कमर्श कम्पनी अमेजन छैठौं र नेटफ्लिक्स सातौं स्थानमा छन् ।

प्रतिक्रिया