Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० माघ १० गते बुधबार

२३ औ सशस्त्र प्रहरी दिवस नं. ३५ गणमा भव्यताका साथ सम्पन्न ।

२३ औ सशस्त्र प्रहरी दिवस नं. ३५ गणमा भव्यताका साथ सम्पन्न ।

सशस्त्र प्रहरी बल नेपाल नं.३५ गणको आयोजनामा २३ औं सशस्त्र प्रहरी दिवस २०८० समारोह मंगलबार नं. ३५गण गडजमुनी परिसरमा भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त समाराेहमा नं.३५ गण हेड क्वाटर तथा मातहत ईकाईहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने ५ जना सिनियर अधिकृत २ जना जुनियर अधिकृत तथा १७ जना विल्लादार जवान सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसा- पत्र प्रदान गर्नुका साथै सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा आयोजित विविध खेलकुद कार्यक्रमा प्रथम हुने ७ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा उपस्थित ११ जना विरगति प्राप्त अमर सशस्त्र प्रहरीका परिवारजनहरुलाई गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले दोसल्ला ओढाई सम्मान समेत गर्नु भएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी कर्मचारीहरुले खुकुरी ड्रिल, थारु नृत्य, छलिया नृत्य सहित विविध सास्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा गणपति प्रेम बहादुर रावल २३औं सशस्त्र प्रहरी दिवस २०८० का अवसरमा शुभकामना दिदै सशस्त्र प्रहरीको ईतिहास र वर्तमानको अवस्थाका साथै सशस्त्र प्रहरीको जिम्मेवारीको बारेमा जानकारी दिनुका साथै कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत दिनु भएको थियो ।

गण तथा मातहत ईकाईहरुबाट सप्ताहरुपी संचालन भएका विविध कार्यक्रमहरुको बारेमा जानकारी समेत गराईएको थियो। जस अनुसार माघ ४ गते गण तथा मातहत ईकाईहरुबाट आ-आफ्नो जिम्मेवारी ईलाकाहरुका मठमन्दिर तथा बजार एरिया सरसफाई गरिएको, ५ गते सीमाबासीहरु सँग अन्तरक्रिया गोष्ठी तथा जनचेतनामुलक कार्यक्रम प्रस्ताबित सीमा सुरक्षा गुल्म गड्डाचौकीमा संचालन गरिएको थियो ।

माघ ६ गते सीमाबासीसंग सशस्त्र प्रहरी बिशेष कार्यक्रम- प्रस्ताबित सीमा सुरक्षा गुल्म देबिस्थानमा आयोजना गरिएको थियो ।

यस्तै माघ ७ गते नेपाली सेना तथा नेपाल प्रहरी संग मैत्रिपुर्ण भलिबल खेल यस गणमा आयोजना गरिएको थियो । माघ ८ गते सामुहिक रक्तदान कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र कञ्चनपुरको सहयोगमा १६ जना सशस्त्र प्रहरी कर्मचारीहरुले नं.३५ गण हे.क्वा. शैलेश्वरीमा रक्तदान गरेका थिए ।

उक्त कार्यक्रममा शुक्लाफाँटा नगरपालीकाका नगर प्रमुख श्री रण बहादुर महरा, उप नगर प्रमुख श्री कल्पना कुमार जोशी पन्त, कञ्चनपुर जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी, भु.पु. सशस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक, सुदुर पश्चिम सशस्त्र प्रहरी परिवार महिला संघकी सदस्य,राष्ट्रिय अनुसन्धान कार्यालय कञ्चनपुरका उप अनुसन्धान निर्देशक, प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपतिहरु तथा सुरक्षा बेश मझगाउका बेश प्रमुख, शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडाका वडा अध्यक्षहरु, पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष, सुदुरपश्चिम बोक्सिङ्ग संघका अध्यक्ष, जिल्ला व्याडमिन्टन संघ कञ्चनपुरका अध्यक्ष, विभिन्न व्यवसायमा आवद्ध स्थानिय उद्योग व्यवसायीहरु, भुतपुर्व सशस्त्र प्रहरी कर्मचारीहरु तथा विरगती प्राप्त अमर सशस्त्र प्रहरी कर्मचारीहरुका आफन्तजन उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ

प्रतिक्रिया