Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० फागुन ०३ गते बिहिबार

कञ्चनपुरमा जबरजस्ती करणी आरोपमा एक वडा सदस्य पक्राउ परेका छन्।

जिल्लाको बेल्डाँडी गाउँपालिका–३ का वडा सदस्य ५९ वर्षीय पिल्चे चौधरी जबरजस्ती करणी आरोपमा पक्राउ परेका हुन्।

उनले फागुन १ गते राति एक महिलालाई आफ्नै घरमा बोलाएर जबरजस्ती करणी गरेको उजुरी इलाका प्रहरी कार्यालय बेल्डाँडीमा परेपछि बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीमाथि अदालतबाट पाँच दिनको म्याद दिई बेल्डाँडीमै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए।

प्रतिक्रिया