Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० फागुन ३० गते बुधबार

प्रधानमन्त्रीमा  उन्मुक्तिकाे मत प्रचण्डलाई, टिक्ला त सुदुरपश्चिम सरकार

संघिय सदनमा आज प्रधानमन्त्री पदका लागि भएकाे मतबिभाजनमा हालकाे सत्ता गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दहाललाई नागरिक उन्मुक्तिले समर्थन गरेकाे छ ।

याे संगै सुदुरपश्चिम सरकार के हुने भन्ने बिषय झन चर्चामा आएकाे छ । बर्तमान सुदुरपश्चिम सरकार अल्पमतमा छ । माओवादि केन्द्र, एकीकृत समाजवादि पार्टिले समर्थन फिर्ता लिए संगै सरकार अल्पमतमा परेकाे छ । 

यस्का लागि मुख्यमन्त्री कमल बहादुर शाहले नागरिक उन्मुक्ति पार्टिका ७ सान्सद मध्ये ५ लाई मन्त्री नियुक्त गर्दा समेत बहुमत पुग्न सकेकाे छैन । काग्रेसका १८ र उन्मुक्तिका ७ गरि २५ मत छन यस्का लागि राप्रपा र स्वतन्त्र लाई मनाउने प्रयास रहेकाे छ ।

तर संघमा सत्ता गठबन्धनमा उन्मुक्ति सहभागी भएपछि सुदुरपश्चिममा सरकार के हुने भन्ने चासाेकाे बिषय भएकाे छ ।

सुदुरपश्चिम सभामा ५३ सदस्य रहेका छन । बहुमतका लागि २७ मत आवश्यक छ । हाल काग्रेस संग १८, माओवादि केन्द्र संग ११, एमाले संग सभामुख समेत १०, उन्मुक्ति संग ७, समाजवादि संग ४, राप्रापा १ र स्वतन्त्र १ रहेका छन । एक सान्सदकाे मृत्यु भई सिट खाली छ ।

 


#उन्मुक्ति

प्रतिक्रिया