Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर ०१ गते बुधबार

मंशिर महिनाकाे राशिफल ।

मेष राशि - यो महिना तपाईंको कुनै पनि रोकिएको व्यक्तिगत कार्य  र राजनीतिक व्यक्तिको सहयोगमा समाधान गर्न सकिन्छ । तपाईंको फिटनेसको लागि गरिएका प्रयासहरूले अनुकूल परिणाम दिन्छ । वित्तको सुख मिल्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । भेटघाटले पूर्वार्ध महिना रमाइलो हुनेछ । धन कमाउने अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । व्यावसायिक काममा खर्च बढ्नेछ ।                              वृष राशि

यो महिना तपाईंको प्रस्ताव समाजसँग सम्बन्धित कुनै पनि विवादित विषयमा निर्णायक हुनेछ । तपाईको लापरवाही र आलस्य तपाईको काममा बारम्बार रुकावटको कारण हुनसक्छ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् ।                                                         मिथुन राशि                                              स्वास्थ्य बेठीक हुनेछ। वातावरणबाट आफूलाई जोगाउन निश्चित गर्नुहोस् । रोकथाम गरेर तपाईंको व्यक्तित्व अधिक चम्किन्नेछ । अनावश्यक तर्कबाट टाढा रहनुहोस् । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन् । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ । छर–छिमेकमा असमझदारी बढ्न सक्छ ।                       

कर्कट राशी                                                     महिना व्यापार व्यवसायमा तपाईंको उपस्थिति र कार्यक्षेत्रमा एकाग्रता आवश्यक रहन्छ । साझेदारी सम्बन्धित व्यवसायमा कार्यसँग सम्बन्धित नीतिहरूमा केही परिवर्तनहरूका योजनाहरू हुनेछन् । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

सिंह राशी

शारीरिक र मानसिक थकानको भावनाको कारण, तपाईं कुनै पनि काममा रुचि राख्नुहुनेछैन, बरु तपाईंले आफ्नो योजनामा केही परिवर्तन गर्नुपर्नेछ । केहि काम बिग्रिनाले मन दुखी रहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ ।

कन्या राशी

नचाहिने कर्ममा बढी ध्यान दिइनेछ । आफैंलाई खुशी पार्ने चीज हराउन सक्छ । तपाईको जीवनशैलीमा केही सुधार गरे आर्थिक उन्नति मिल्न सक्ने सम्भावना रहन्छ ।  व्यवसायमा राम्रै फाइदा हुनेछ । ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ । तर, स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । मध्याह्नपछि व्यावसायिक काममा खर्च बढ्नेछ । रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ ।

तुला राशी

यो महिना क्यारियर: कामसँग सम्बन्धित चीजहरू राम्रोसँग प्रगति हुँदैछन्, तैपनि दिमागले यस समयमा समाधान प्राप्त गर्न गाह्रो भइरहेको छ।  मित्र- भेटले हजुरलाई केही राहत दिन सक्ला ।  हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला ।  प्रेम र मित्रताको बन्धन कसिने समय छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला ।

वृश्चिक राशी

मंसिरमा पार्टनरले प्राप्त गरेको सुझावलाई ध्यानपूर्वक सोच्नुहोस् र छलफल गरेर चीजहरू सुल्झाउने प्रयास गर्नुहोस् । स्वास्थ्य: तपाई खुट्टा दुखाइ कम गर्न एक्युप्रेशरको मद्दत लिन सक्नुहुन्छ । यो महिना राम्रो नै रहेको छ ।  अतिथिको रूपमा सम्मान पाइएला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।

धनु राशी

उधारो दिने लिने बन्द गर्नुहोला । जीवनलाई सुखमय बनाउन कुनै योजना बनाउन प्रयास गर्नुहुनेछ । आर्थिक रूपमा केही संकट आएता पनि पछि राम्रो हुदै जानेछ । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वास गर्दा धोका पाइएला । व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला ।

मकर राशी

अपमानित रहनुपर्ला । पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ । मेहनतले धेरै काम बनाउन सकिनेछ ।

कुम्भ राशी

परिश्रम परे मात्रै लक्ष्य प्राप्त हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । विवाद तथा मुद्दामा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ । सन्दर पहिरनमा सजिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ ।

मीन राशी

पैसा मिल्नाले भविष्यमा लाभदायक योजना बनाउन सकिएला । पारिवारिक वातावरण रमाइलो रहनेछ । पुरानो साथीसँग भेट हुनेछ र आनन्दित सम्झनाहरू पनि ताजा हुनेछन् । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । आक्षेप लगाउनेहरू दुख देलान् । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ ।

    

प्रतिक्रिया