Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर ०४ गते शनिबार

महेन्द्रनगर । सरकारले दुहुँ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मंसिर २ गते बसेको मन्त्रीपरिषद्को बैठकले गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

सरकारको निर्णयले बाढी पहिरोले निम्त्याएको भौतिक क्षतिलाई पुर्ननिर्माण, पुनःस्थापन गर्न र पिडितहरुलाई उचित राहतको व्यवस्था गर्न सहज हुने गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए ।

नेपाल सरकारलाई दुहुँ गाउँपालिको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौं उनले भने उक्त निर्णय पारित गर्न विशेष पहल गर्नुहुने मन्त्री दिलेन्द्र प्रसाद बडु ज्यूलाई धन्यवाद एवं आभार व्यक्त गर्न चाहन्छौं ।

गृहमन्त्रालयले बाढीपहिरोबाट भएको क्षतिको पुर्ननिर्माण तथा पीडितका लागि विशेष कार्यक्रम ल्याउने जानकारी दिएको उनले बताए । अब सरकारले पुनःस्थापना र पुर्ननिर्माणका लागि विशेष प्याकेज ल्याउनेछ उनले भने गृहमन्त्रालयले भौतिक संरचना निर्माणका लागि छुट्टै कार्यक्रम सञ्चालन गरी बजेट दिन्छौ भनेको छ ।

प्रतिक्रिया