Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर ०४ गते शनिबार

अाज अठाेला परिवारकाे झरकाडामा अन्तरक्रिया

दार्चुला । अँठोला परिवारको साझा संस्था निर्माणका लागि मंसिर ४ गते शनिबार (आज) विहान ११ बजे बृहत अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । यसअघि असोज १६ गते शनिबार कञ्चनपुरको महेन्द्रनगर बजारमा अँठोला परिवारका जेष्ठ सदस्य नारद जोशीको अध्यक्षतामा पहिलो पटक भएको अन्तरक्रिया कार्यक्रमको निरन्तरता स्वरुप शैल्यशिखर नगरपालिका भित्र बसोबास गर्ने अँठोला परिवारका सदस्यहरुको उपस्थितिमा गलैनाथ माबि झरकडामा अन्तरक्रिया आयोजना हुन लागेको हो ।

अँठोला परिवारलाई संगठित गर्ने उद्धेश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा शैल्यशिखरको वडा नम्बर ७, ८ र ९ मा बसोबास गर्ने सबै अँठोलाजनमा सहभागिताका लागि अनुरोध गरिएको आयोजक समिति सदस्य शिवदत्त जोशीले बताउनुभयो । अँठोलाहरुको साझा संस्था निर्माणका लागि अहिलेसम्म भएका प्रयास, ज्योतिष र पन्चाङ्गको संरक्षणसंगै गुणात्मक विकास गर्ने, अँठोलाको तथ्यांक संकलन गर्ने, रेग्मीहरु र अँठोलाबिचको सम्बन्धबारे छलफल गर्ने लगायत विभिन्न विषयमा छलफल गरिने आयोजक सदस्य खिमानन्द जोशीले बताउनुभयो । केहि दिनपछि मैखोली लगायत विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने बताइएको छ ।

अँठोलाहरुको एकता र भातृत्वलाई थप मजबुत बनाएर मिसन, भिजन, उदेश्य, नाम लगायतका बिषयमा छलफल भइरहेको विभिन्न स्थानमा छरिएर बसोबास गरिरहेका अँठोला परिवारको साझा संस्था निर्माण गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया