Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
प्रकाश दत्त भट्ट प्रकाश दत्त भट्ट
२०७८ फागुन ०५ गते बिहिबार

घरमा पुजाकोठा कस्तो हुनुपर्छ ? वाशुदेव शास्त्रीका १८ टिप्स

हामी निर्गुण, निराकार या सगुण साकार जुनसुकै देवतालाई माने पनि आफ्नो रुचि अभिरुचि अनुसार साकार वा निराकारको ध्यान, जप, अनुष्ठान गर्दछौं । र, सगुण साकार स्वरुप गणेश, लक्ष्मी, दुर्गा, सूर्य, विष्णु, भैरव, काली, हनुमान, कुलदेवता जसको पुजा गरेपनि प्रार्थनास्थल या पुजाकोठा अनिवार्य रुपमा बनाउन पर्छ ।

संसारलाई शक्ति दिने परमात्माको शक्तिलाई स्मरण गर्ने एउटा स्थान आवश्यक पर्छ– त्यो हो उत्तर–पूर्वी कुना । जसलाई ईशान कोण भनिन्छ । वास्तु शास्त्रअनुसार ईशान कोण शक्ति र उर्जाको स्रोत हो । ईशान कोण साधना र उपसनाको उच्चस्थान हो । तपाइँको अभिरुची अनुसार गणेश, लक्ष्मी, भगवान शिव, पाञ्चायन, शालीग्राम, लक्ष्मीनारायण देवताहरुको स्थापना गर्न सकिन्छ । १२ इन्चभन्दा अग्ला मूर्तिहरु घरको पूजाकोठामा राख्न हुँदैन ।

  1. पूजा कोठामा दियो, कलश, गणेश अनिवार्य रुपमा स्थापना गर्नुपर्छ । दियो भनेको ज्योतिको प्रतीक, कलश भनेको जल, जल भनेको जीवनको प्रतिक, गणेश भनेको सुख, शान्ति र समृद्धिको प्रतिक हो । त्यसकारण वैद्धिक सनातन संस्कृतिमा दियो, कलश, गणेशको पुजा अनिवार्य गरिएको छ । दियो नवाली गरेको पुजा कहिल्यै सफल हुँदैन ।
  2. पूजा कोठा घरको उत्तर–पूर्वको बीच भाग ईशान कोणमा बनाउन उचित हुन्छ । यसको अलवा उत्तर र पूर्व पनि शुभ नै मानिन्छ । उत्तर–पूर्व कुना (ईशान कोण) मा पुजाकोठा हुनुपर्छ ।
  3. पूजाकोठाको नजिक फोहोर, कुचो र दुर्गन्ध आउने चीजहरु कहिल्यै राख्नु हुँदैन ।
  4. पूजाकोठामा प्राचिन मन्दिरबाट ल्याएको प्रतिमा राख्नु हुँदैन ।
  5. बहुमूल्य सामान वा धन सम्पत्ती कदापि लुकाउन हुँदैन ।
  6. पुजाकोठा सदासर्वदा पवित्र र सफा राख्नु अनिवार्य छ ।
  7. पूजाकोठामा सुत्नु हुँदैन । यदि परिस्थितिवश यस्तो गर्नु परेमा पर्दा लगाएर मात्र सुत्न सकिन्छ । केवल स्थानाभावका लागि मात्र । त्यसमा पनि विवाहितलाई बर्जित छ ।
  8. पूजाकोठाको रङ हल्का सेतो, पहेँलो हुनुपर्छ । पूजाकोठामा प्रयोग गरिने कुचो, पुछ्ने कपडा अन्यत्र सफा गर्ने सामान भन्दा अलग्यै राख्नुपर्छ ।
  9. धन प्राप्तिका लागि उत्तर फर्केर र ज्ञान प्राप्तिका लागि पूर्व फर्केर पूजा गर्नुपर्छ ।
  10. पूजाकोठामा एक कुरेत भन्दा अग्लो कुनै देवताको प्रतिमा स्थापना गर्नु हुँदैन ।
  11. पूजाकोठामा हवनादि कार्य गर्नु परेमा कोठाको आग्नेय कोणमा गर्नुपर्छ ।
  12. पूजाकोठामा गणेश, कुबेर, दुर्गाको फोटो राख्दा दक्षिणतर्फ फकाई राख्नुपर्छ ।
  13. पूजाकोठामा ब्रह्मा, बिष्णु, शिव, ईन्द्र, सूर्य र कर्तिकेयको प्रतिमा पूर्व एवं पश्चिममध्ये जता पनि राख्न सकिन्छ ।
  14. हनुमानजीको फोटो एवं प्रतिमा राख्दा नैर्ऋत्यकोणतर्फ फर्काइ राख्नु भुभ मानिन्छ ।
  15. पूजाकोठामा रामायण, महाभारतका युद्धका तस्विर, पशुपंक्षीका भयानक डरलाग्दा तस्विरहरु राख्न वर्जित गरिएको छ ।
  16. देवी–देवताको फोटो उत्तर–पूर्वको भित्तामा लगाउनु शुभ मानिन्छ ।
  17. पूजाकोठामा गणेश, देवी, लक्ष्मी, एक्कै धातु या पत्थरबाट बनेका जोर मूर्ति, जोर शंख राख्नु हुँदैन । देवी देवताको चित्र प्रयोग गर्दा आमने सामने पारेर राख्नु हुँदैन ।
  18. पितृहरुको फोटो भने दक्षिणबाट उत्तरतिर फर्काएर राख्नु अति राम्रो मानिन्छ ।

#घरनिमार्ण

प्रतिक्रिया