Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०७८ फागुन ०९ गते सोमबार

क्युआर कोड स्क्यान बाट सवारी चालक अनुमती पत्र सक्कली र नक्कली छुट्याउन सक्ने प्रविधी प्रयोग गर्दै ट्राफिक प्रहरी

नेपाल ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र सक्कली वा नक्कली के हो भनेर चेकिङ्का दौरान फिल्डमा जाँच गर्न सक्ने प्रविधी सुरु गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आज सोमवार यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र जाँच गर्ने मोबाइल एप्स विकास गरी हस्तान्तरण गरेपछि अब ट्राफिक प्रहरीले फिल्डमै जाँच गर्न सक्ने भएको हो । विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरी सजिलै सक्कली र नक्कली छुट्याउन सकिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो ।

यसअघि प्रविधि अभावमा शङ्कास्पद लाइसेन्स जाँचका लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब त्यसको अन्त्य भएको मोबाइल एप्स हस्तान्तरण कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले बताउनुभयो ।

ट्राफिक प्रहरीहरूको मोबाइलमा राखिने एप्सले क्यूआर स्क्यान गरी लाइसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने व्यवस्था छ । 


#ट्राफिक

प्रतिक्रिया