Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०७८ फागुन १२ गते बिहिबार

सामसङ्ग का नया सर्बाधिक प्रिमियम ब्राण्ड सार्बजनिक भएका छन

सामसङ्गले बुधबारदेखि नेपाली बजारमा आफ्नो सर्वाधिक प्रिमियम ब्रान्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस २२ मोबाइलहरू उपलब्ध गराएको छ । ग्यालेक्सी एस२२ मा अल्ट्रा प्रिमियम स्मार्टफोनहरूका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो–स्तरको क्यामराका साथमा आइकोनिक एस–पेन र नोट सिरिजको अतुलनीय शक्ति संयोजन गरिएको सामसङ्गले जानकारी दिएको छ । 

 सामसङ्गका अनुसार पहिलोपटक ग्यालेक्सी एस २२ अल्ट्राले ग्यालेक्सी नोट र एस सिरिजको उत्कृष्टतालाई सँगसँगै ल्याएको छ । ग्यालेक्सी एस२२ अल्ट्राभित्र रहेको एस पेन, अँध्यारोमा फोटो खिच्ने क्षमताहरु र एक दिनभन्दा बढी चल्ने क्षमतायुक्त ब्याट्रीका साथ उपलब्ध रहेको उनको भनाइ छ । यी विशेषताले मोबाइललाई हालसम्मकै सर्वाधिक शाक्तिशाली अल्ट्रा उपकरण बनाइएको उनले दाबी गरेका छन् । 
ग्यालेक्सी एस२२ सिरिज कन्टेन्ट सिर्जना गर्ने, भिडियो छायाँकन गर्ने, सम्पादन र शेर गर्ने योग्यताहरूका साथ डिजाइन गरिएको बताइएको छ । ग्यालेक्सी एस २२ अल्ट्रा (१२/५१२ जीबी) को मूल्य १ लाख ६९ हजार ९९९ रुपैयाँ र १२/२५६ जीबीको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यी दुई क्षमतायुक्त मोबाइल बर्गन्डी, फ्यान्टम ब्ल्याक र हरियो रङमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । 
यसैगरी एस २२ प्लस (८/२५६ जीबी) को मूल्य १ लाख १२ हजार ९९९ रुपैयाँ तोकिएको छ । ८÷२५६ जीबी क्षमतायुक्त मोबाइलको मूल्य १ लाख १२ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको सामसङ्गले जनाएको छ । यी दुई क्षमताका मोबाइल फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र पिङ्क गोल्डमा उपलब्ध छन् । 

प्रतिक्रिया