Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ बैशाख ०५ गते सोमबार

मंगलबार बाट कंचनपुरमा कृषिगणना प्रशनावली विधिबाट सुरु हुँदै

कञ्चनपुरमा  कृषिगणना सुरु हुने भएको छ ।
जिल्ला तथ्याङ्ग कार्यालय मार्फत कृषिगणना कार्यालयले "कृषिगणनाको सार,कृषि योजनाको पुर्वाधार " भन्ने मुल
नाराका साथ राष्ट्रिय कृषिगणना २०७८  जिल्लामा बैशाख ६ देखि जेष्ठ १९ गते सम्म संचालन हुन लागेको हो।

प्रशनावली विधिबाट कृषि गणना गरिने तथ्याङ्क कार्यालय कञ्चनपुरका सूचना अधिकारी निरज ओझाले बताए ।
उनका अनुसार लगत १ सुचिकरण, लगत २ मुख्य प्रशनाली र लगत ३ सामुदायिक प्रशनावलीका माध्यमबाट कृषि गणना गरिने छ । छनौट विधिलाई आधार बनाएर कृषि गणना गरिने छ ।

कृषि गणनाका लागि कञ्चनपुरमा ७५ गणक, १९ सुवरिवेक्षक र १ अधिकृत जनशक्ति परिचालन हुने छ । ६ बैशाख ४५ दिन सम्म संचालन हुने कृषि गणना यस पटक पालिका स्तरको संरचना अनुरुप डाटा आउने अनुमान गरिएको छ । कृषिमा भईरहेको संरचनागत परिर्वतन के कस्तो भईरहेको छ ,जस्ता थुप्रै विषयमा तथ्याङ्क आउने अपेक्षा समेत गरिएको छ ।

कृषि गणनबारे आइतबार कार्यालयले सरोकारवाला पक्षसंग छलफल गरेको छ । तथ्याङ्क कार्यालय कञ्चनपुरका प्रमुख गोबिन्द न्यौपानेले २ सय १२ स्थान गणकका लागि छनौट गरिने बताए । उनका अनुसार घर परिवारले गरेको कृषि कार्य, सस्थाले गरेको र वडा कायर्उालयले संचालन गरेको कृषिको तथ्याङ्क अध्ययन गरिनेछ । कृषि क्षेत्रको एकिकृत विकासका लागि कृषि गणना महत्वपूर्ण हुने उनको भनाई छ ।

बि.स २०१८ देखि कृषिगणना गर्ने काम सुरु भएको थियो जसमा प्रत्येक १०/१० वर्ष कृषिगणना गरिदै आएको छ जुन अहिले ७ औं पटक हुनलागेको हो। २०७८ सालको कृषि गणनाको नेपालको इतिहासमा ६० वर्षको अवधी पूरा हुने छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>