Samriddhipost
२०८१ मङि्सर १४ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख २३ गते शुक्रबार

नगरप्रमुख का उमेदबारले प्रयाेग गरेकाे गाडिमा आगजनि ।

स्थानीय तह निर्वाचनमा मोरङको बेलबारी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका खेमप्रसाद गौतमको गाडीमा शुक्रबार बिहानका राति आगजनी गरिएको छ। बेलबारी नगरपालिका–२ घर भएका गौतम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मेयरका उम्मेदवार हुन्। 

उनले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको बा १२ च ९३८४ नम्बरको कारमा बिहानका राति १:४० बजेतिर आगजनी गरिएको प्रहरीले जनाएको छ। घरमा पार्किङ गरेर राखेको कारमा आगो लागेको देखेपछि छिमेकीले खबर गरेको गौतमले बताए। उनका अनुसार पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर चुनावको प्रचारमा कार प्रयोग गरिँदै आएको थियो। पार्वती पौडेली(विक) उपमेयरकी उम्मेदवार छन्। आगजनीबाट झण्डासहित कारको अगाडि र पछाडिको केही भाग जलेको जानकारी गौतमले दिए। 

‘बेलैमा घटना थाहा नपाएको भए कार पूर्ण रूपमा जल्ने थियो। आगोले घरमा पनि क्षति गर्ने थियो,’ उनले भने, ‘छिमेकीले घटनाको जानकारी गराएपछि तत्काल आगो निभाउन सम्भव भएकाले ठूलो घटना हुन पाएन। राजनीतिक चलखेल गरेर सुनियोजित तरिकाले घटना गराएको देखिन्छ।’ गौतमले राप्रपाप्रतिको जनलहर देखेर आत्तिएकाहरु र प्रतिस्पर्धामा आउन नसक्नेहरुले घटना गराएको बताए। बेलबारीमा सामाजिक अभियन्ताको छवि बनाएका गौतम होटल व्यवसायी पनि हुन्। 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार घटनाको जानकारी प्रहरीलाई बिहानका राति २ बजेतिर आएको हो। तत्काल घटनास्थलमा प्रहरी परिचालन गर्दै आगजनी गरेको आरोपमा एक जना युवालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए। 
प्रहरीले सुन्दरहरैँचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई नियन्त्रणमा लिएको हो। पाण्डे नेपाली कांग्रेसनिकट रहेको स्थानीयले बताए। पेट्रोल छर्किएर लाइटरले कारको अगाडि र पछाडि आगो लगाएको सीसी टिभी फुटेजमा प्रष्टसँग देखिएसँगै उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीको भनाइ छ। एसपी कोइरालाले अनुसन्धानबाट घटनाको थप कुरा र वास्तविकता खुल्दै जाने बताए।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>