Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
कञ्चनपुर
२०७९ बैशाख ३० गते शुक्रबार

धनुषाको मिथिला नगरपालिका ९, सार्वजनिक मावि मतदान केन्द्रका मतदान अधिकृत आफैं मतपत्रमा छाप हानिरहेको अवस्थामा फेला।

मतदान अधिकृत किरण सिंह आफैंले मतपत्रमा छाप हानिरहेको अवस्थामा रंगेहात पक्राउ परेकी हुन्।दुईवटा मत छापिरहेको अवस्थामापोल एजेन्टहरूले देखेपछि केही बेर मतदान स्थगित भएको थियो।  

उनले अब यस्तो नगर्ने प्रतिबद्धता गरेर माफी मागेपछि मतदान सुरु भएको हो।५ मिनेट भित्रमै उनले २ वटा मतपत्रमा रुख छापमा मोहोर लगाएको स्थानीय पोल एजेन्टले बताएका छन । मतदान अधिकृत सिंह स्थानीय बासिन्दा हुन्। उनको घरपरिवार कांग्रेस पार्टी समर्थक स्थानिय भएकै कारण माफी मागेपछि उनलाई सबैले माफ गरिदिएको स्थानीयले बताएका छन् । 

यता मिथिला नगरपालिकाका निर्वाचन अधिकृत दीपक धितालले विवाद भए पनि मत छापेको विषयमा आफूलाई जानकारी नभएको बताए। अहिले विवाद मिलेर पुन:समान्य रुपमा मतदान भइरहेको उनले बताएका छन्। यता मतदान अधिकृत सिंहले एक मतदाताले एउटामा छाप लगाउन छाडेको र अर्का मतदाताले आफूलाई छाप लगाउन नआएको कारण उनले भनेकै ठाउँमा छाप लगाइदिँदा समस्या भएको तर्क गरे त्यहीकारण विवाद हुँदा तुरुन्तै समाधान गरेर मतदान जारी राखेको उनले दावी गरेका छन।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>