नेकपा एकीककृत समाजवादी पार्टीले कञ्चनपुरमा एक वडा जितेको छ ।
समाजवादी जिल्लाले बेदकोट नगरपालिका ८ वडा जितेको हो ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार समाजवादी बेदकोट नगरका अध्यक्ष समेत रहेका जोशी बेदकोट ८ को वडाध्यक्षमा निर्वाचित भएका हुन । बेदकोटमा नेकपा एकीकृकत समाजवादी र नेकपा माओवादी केन्द्रविच गठबन्धन भएको थियो ।
गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेदवार जोशीले आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका दिलु बोहरालाई ११० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । जोशीले ५३४ र बोहराले ४२४मत ल्याएका थिए । भने एमालेका हर्क नाथले ३८८ मत ल्याएका थिए । अघिल्लो पटक यो वडा एमालेले जितेको थियो ।
विद्यार्थी नेता समेत रहेका जोशीले पनि वडा जितेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रमेश लेखककै वडा मतदान गरेको केन्द्रबाट काँग्रेस लगातार दुई पटक पराजित भएको भन्दै काँग्रेस नेता कार्यकर्ता रुष्ट भएका छन । काँग्रेस कञ्चनपुरका नेता कार्यकर्ताहरुले समाजिक सञ्जालदेखि अन्य मौखिक रुपमा शिर्ष नेताकै वडामा लगातार नेता काँग्रेस पराजित भएको विषयमा समिक्षा हुनुपर्ने बताईरहेका छन । बेदकोटमा नेकपा एकीकृकत समाजवादी र नेकपा माओवादी केन्द्रविच गठबन्धन भएको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया