Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ १८ गते बुधबार

बालि क्षतिकाे पुर्ति र मल खादकाे माग राखि अखिल नेपाल किसान महासंधकाे  ज्ञापन र प्रशासनमा धर्ना

नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघले बुधवार कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

महंगी र भ्रष्टाचार नियन्त्रण, पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता तथा किसानहरुलाई तत्काल मलखादको व्यवस्था गर्नुपर्ने लगायत माग राखेर प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको महासंघका राष्ट्रिय समिति सचिवालय सदस्य खेम सुबेदीले बताए ।

कृषि व्यवसायका लागि तत्काल मलखाद, बिउ, बीजन र कृषि उपकरणहरुको व्यवस्थापन गरी सम्बन्धित संस्थाहरुमा स्टक राख्नुपर्ने माग महासंघले गरेको छ ।

यस्तै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको अश्वभाविक मूल्यबृद्धि फिर्ता लिन भनिएको छ । गत असोज र

कार्तिक महिनामा बाढीले पु-याएको क्षतिको राहत किसानले हालसम्म नपाएको उल्लेख गर्दै महासंघले तत्काल उपलब्ध गराउन माग गरेको छ ।

यस्तै आरक्षपीडित, मुक्त कमैया र हलियाहरुको पनि उचित बसोबासको व्यवस्था मिलाउन ज्ञापनपत्रमा माग गरिएको छ । ज्ञापनपत्र बुझाउन गएको किसान महासंघको प्रतिनिधि मण्डलले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुल ढोकामा धर्नासमेत दिएको थियो । धर्ना दिने कार्यक्रम पुर्व निर्धारित थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>