Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार १५ गते बुधबार

सुदुरपश्चिममा धान उत्पादन घट्दाे चामल आयात बढ्दाे रहेकाे छ।

धान, गहुँसहित अन्न उत्पादनको उर्वर भूमि भए पनि सुदूरपश्चिम प्रदेशमा अझैं पनि हरेक वर्ष चामल आयातमा वृद्धि भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला उत्पादनको मुख्य भुमि हाे ।

कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्म दुई करोड ३५ लाख २९ हजार क्विन्टल चामल आयात भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को जेठ मसान्तसम्म कैलाली भन्सार नाका हुँदै सुदूरपश्चिम प्रदेशमा दुई करोड ७० लाख ५५ हजार चार सय ९९ क्विन्टल चामल आयात भएको थियो । 

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कैलाली भन्सार नाका हुदै प्रदेशमा एक करोड तीन लाख ३५ हजार दुई सय ७७ क्विन्टल चामल आयात भएको थियो भने आर्थिक वर्ष ०७५/७६ मा दुई करोड ५१ लाख २० हजार सात सय ८० क्विन्टल चामल आयात भएको थियो । 
अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कैलाली भन्सार नाका हुदै प्रदेशमा एक करोड तीन लाख ३५ हजार दुई सय ७७ क्विन्टल चामल आयात भएको थियो भने आर्थिक वर्ष ०७५/७६ मा दुई करोड ५१ लाख २० हजार सात सय ८० क्विन्टल चामल आयात भएको थियो ।
प्रदेशमा कैलाली भन्सार बाहेक बिना भन्सार बाहेक समेत चामल आउने गरेकाे सिमा नजिकका स्थानिय बताउछन यस्ताे चामलकाे रेकर्ड भन्सार संग छैन भने कैलालीका कतपय ठाउँ कंचनपुरका बेलाैरि, पुर्नवास, बेल्डाडि, दाेधारा चादनी र गड्डाचाैकि भएर भित्रिरहेकाे पाईन्छ भने बैतडि काे झुलाधाट, दार्चुलाकाे, जाेलजिबि, दत्तु, खलंगा, तिक्रम लगायतका ठाउँबाट चामल भित्रिने गरेकाे छ यस्ता ठाउँमा साना साना मात्रामा आयात हुने भएका कारण बिना भन्सार चामल आयात हुने गरेकाे छ ।

अर्कोतिर सुदूरपश्चिम प्रदेशमा धान खेती हुने क्षेत्रफल पनि निरन्तर घट्दै गएको तथ्यांकले देखाएको छ । सुदूरपश्चिम कृषि विकास निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेशमा एक लाख ७५ हजार दुई सय १८ क्षेत्रफलमा धान खेती भएको थियो भने चालु आर्थिक वर्ष २०७८/८९ मा एक लाख ७२ हजार सात सय ८६ हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । 
त्यस्तै, प्रदेशमा धानको उत्पादकत्ममा पनि ह्रास आइरहेको छ । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०७७/७८ मा छ लाख ४४ हजार नौ सय ९१ मेट्रिक टन धान उत्पादन भएको थियो । चालू आर्थिक वर्षमा धान उत्पादनमा ३१ दशमलव ४९ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा चार लाख ४१ हजार नौ सय १३ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>